४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदका सुझावलाई सिद्धान्त र प्राथमिकतामा राख्नुपर्ने माग

१ जेष्ठ २०८२, बुधबार १४:३८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरूले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसद्मा प्रस्तुत भएका सुझावका आधार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक) माथिको छलफलका क्रममा, “यस वर्षको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि बोल्ने कि नबोल्ने भन्ने दुविधामा थिएँ, किनकि छलफलका निष्र्कष बजेट विनियोजन र नीति निर्माणमा समावेश गरिँदैन । जतिसुकै सकारात्मक सुझाव भए पनि कार्यान्वयन गरिँदैन भने त्यस्तो छलफलमा समय खर्च गरेर के फाइदा हुन्छ ?”, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेता डा चन्दा कार्की (भण्डारी) ले प्रश्न गर्नुभयो ।

जबसम्म नेतृत्वमा इमानदारिता, प्रतिबद्धता र देशप्रतिको माया हुँदैन, देशमा सुशासन हुँदैन, तबसम्म नीति तथा कार्यक्रम र बजेट सफल नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “न्यायालय, विश्वविद्यालय, प्रहरी, राजदूत, राष्ट्र बैंक, सबैमा राजनीतिक भागबण्डा भइरहेको छ, कही पनि वरिष्ठता र क्षमताको मूल्याङ्कन हुन सकेको छैन, यस्तो अवस्थामा नीति तथा कार्यक्रममाथि छलफल मात्रै गरेर कुनै अर्थ छैन ।”

राप्रपाका नेता दीपकबहादुर सिंहले भन्नुभयो, “हामी प्राकृतिक रूपमा धनी छौँ, त्यसलाई आम्दानीको स्रोत बनाउनुपर्छ भनेर पटकपटक मैले सरकारलाई भन्दै आएको छु, प्राकृतिक स्रोतको सदुपयोग गर्न सके हजारौँ युवाले रोजगारी पाउन सक्छन् ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, रोजगारी सिर्जना गर्ने, हरेक क्षेत्रमा प्रविधिको प्रयोग गर्ने र अन्तरराष्ट्रियस्तरको गुणस्तर कायम गर्ने शिक्षाको व्यवस्था गर्नेगरी बजेट ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) की नेता रञ्जुकुमारी झाले भन्नुभयो, “प्राथमिकता र सिद्धान्तको १० वटा बुँदामध्ये एउटा बुँदामा विकास, समन्वय र सहकारीको कुरा गरिएको छ, यो सकारात्मक हो, तर सन्तुलित र सकारात्मक विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’