३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’

१ जेष्ठ २०८२, बुधबार १४:४९

काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई हस्तान्तण गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आर्थिक वर्ष २०८२ /८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक) माथिको छलफलका क्रममा उहाँले संविधानमा नै स्थानीय र प्रदेश सरकारलाई विकासको अधिकार दिने प्रावधान राख्न सुझाव दिनुभयो । सिद्धान्त र प्राथमिकतामा सात सिद्धान्त र २५ वटा प्राथमिकता रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका नेता गङ्गाराम चौधरीले कैलाली जिल्लाको भजनी, घोडाघोडी र कैलाली पालिकाको विकासको निम्ति बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश लोक कल्याणकारी राज्यको अवधारणाअनुरुप समावेशी विकास र सामाजिक न्याय कायम गरिने छ भन्ने विषयलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले सरकारले नेताको पहुँचको आधारमा भन्दा पनि सन्तुलित विकासलाई ध्यानका राखेर बजेट विनियोजन गर्नुपर्ने धाराणा राख्नुभयो । उहाँले भन्नुभयो, “सांसद कोषले सांसदको धेरै बदनाम ग¥यो, अब सरकारले सांसद कोष नराख्ने भएको छ, त्यसको लागि सरकारप्रति धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’