५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण,सम्पर्कमा आउन सूचना जारी

१ जेष्ठ २०८२, बुधबार १६:३४

काठमाडौँ । प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्रि सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ । यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण संचालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्‍याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

सो मार्गचित्रले सन् २०३५ सम्म नेपालको कूल विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । ‘सो लक्ष्य प्राप्तिका लागि हाललाई १२ चैत २०८१ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरूको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत् खरिद बिक्रि सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ प्राधिकरणले जनाएको छ ।

त्यसरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूसँग क्रमैसँग विद्युत् खरिद बिक्रि सम्झौताको कारबाही अगाडी बढाउने निर्णय विद्युत् प्राधिकरण व्यवस्थापनले ३० वैशाखमा गरेको पनि प्राधिकरणले जनाएको छ । पीपीएको पाइपलाइनमा रहेका ५४ आयोजनाहरूलाई ३० दिनभित्र दिनभित्र अध्यावधिक विवरण तथा कागजातहरू सहितको निवेदन साथ विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागमा सम्पर्क गर्न पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

प्राधिकरणले यसअघि पीपीए खोल्न आनाकानी गर्दै आएको थियो । राजेन्द्र लिङ्देन ऊर्जामन्त्री भएका बेलामा प्राधिकरणले ०७९ सालमा १५ मेगावाट आयोजनाको पीपीए खोलेको थियो । त्यसपछि २०८० सालमा १० मेगावाटसम्मका आयोजनासम्मका आयोजनाको पीपीए खोलेको थियो । भारतसँग १० हजार मेगावाट विद्युत निर्यातको सम्झौता भएको अवस्थामा उत्पादन क्षमता बढाउन पनि पीपीए खोल्नुपर्ने निजी क्षेत्रले माग गर्दै आएको थियो । प्राधिकरणमा शाक्य नियुक्त भएपछिको पहिलो बोर्ड बैठकले पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

संचालनमा रहेका र वित्तिय व्यवस्था भई निर्माणाधीन प्रसारण लाईन तथा सवस्टेशनहरू (अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी निर्वाध रुपमा विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउने प्राधिकरणको सूचनामा छ । त्यस्तै, एन–१ कन्टिन्जेन्सीको अवस्थामा सञ्चालनमा रहेका प्रसारण लाइन तथा सबस्टेशनहरूमार्फत् विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाहरूलाई समेत उक्त शर्त सम्झौतामा समावेश हुनेगरी पहिलो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाउने सूचना प्राधिकरणले जनाएको छ ।

२०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणले जम्मा १० हजार ३०१ मेगावाट जडित क्षमताका विद्युत आयोजनाहरूको लागि विद्युत खरिद बिक्रि सम्झौता गरेको छ । यी मध्ये २४०६ मेगावाट क्षमताका आयोजनाहरूबाट व्यापारिक उत्पादन भइसकेको, ३९०६ मेगावाट क्षमताका आयोजनाहरू वित्तीय व्यवस्थापन भई निर्माणाधीन अवस्थामा रहेको तथा ३८९९ मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद विक्री सम्झौता भई वित्तीय व्यवस्थापन हुन बाँकी रहेको अवस्थामा छन् । यसमा सौर्य र सह–उत्पादनमा आधारित आयोजनाको क्षमता क्रमशः १०७ मेगावाट र ६ मेगावाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य