३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ’

१ जेष्ठ २०८२, बुधबार १६:४४

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलमा भाग लिँदै उहाँले सङ्कटापन्न आर्थिक अवस्थालाई उकास्ने गरी आगामी बजेटमा ध्यान दिन सुझाव दिनुभयो ।

सांसद केसीले बजेटका सिद्धान्त सकारात्मक भएपनि प्राथमिकता अझ स्पष्ट पार्नुपर्ने सरकारलाई सुझाव दनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय राजस्वलाई मितव्ययी बनाउन सरकारसँगै संसद् पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न अर्थमन्त्रीले साहस गर्नुपर्छ ।”

सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको बताउँदै नेता केसीले सामान्य प्रशासन खर्च धान्न र ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता हटाउनुपर्ने बताउनुभयो । “पुजिँगत खर्च निकै कम भएको सन्दर्भमा आगामी बजेटमा त्यसमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद केसीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत विषयमा उचित बजेट व्यवस्थाका लागि विशेष ध्यान दिन सुझाव दिनुभयो । सरकारले शिक्षक महासङ्घसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’