2026-10-07 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ’

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलमा भाग लिँदै उहाँले सङ्कटापन्न आर्थिक अवस्थालाई उकास्ने गरी आगामी बजेटमा ध्यान दिन सुझाव दिनुभयो ।

सांसद केसीले बजेटका सिद्धान्त सकारात्मक भएपनि प्राथमिकता अझ स्पष्ट पार्नुपर्ने सरकारलाई सुझाव दनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय राजस्वलाई मितव्ययी बनाउन सरकारसँगै संसद् पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न अर्थमन्त्रीले साहस गर्नुपर्छ ।”

सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको बताउँदै नेता केसीले सामान्य प्रशासन खर्च धान्न र ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता हटाउनुपर्ने बताउनुभयो । “पुजिँगत खर्च निकै कम भएको सन्दर्भमा आगामी बजेटमा त्यसमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद केसीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत विषयमा उचित बजेट व्यवस्थाका लागि विशेष ध्यान दिन सुझाव दिनुभयो । सरकारले शिक्षक महासङ्घसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए