३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

१ जेष्ठ २०८२, बुधबार १६:५६

काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गर्नुभएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उहाँले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग आग्रह गर्नुभयो ।

“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छाँै । तर हाम्रा माग सम्बोधन गर्न राज्य तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न राज्यले सहयोग गरोस् । लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन् ।” गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग आग्रह गर्नुभयो ।

सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेका भन्दै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने बताउनुभयो ।

“हामीले उठाएका मागहरू अझै पनि छायामा छन् । ती माग (एजेण्डा) कार्यान्वयनका लागि सङ्घका तर्फबाट म सरकारसँग आग्रह गर्दछु । आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गर्ने छौँ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’