२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी

२०८२, १ जेष्ठ बुधबार १७:४४

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी छ ।

बैठकमा सांसद अच्युतप्रसाद मैनाली कृषिलाई रोजगारमुखी र व्यावसायिक बनाउनुपर्ने र लक्षित वर्गसम्म नयाँ ढङ्गबाट उत्पादनमा आधारित सहुलियत दिनुपर्ने सुझाव राख्नुभयो ।

सांसद पूर्णकुमार घर्तीमगरले बजेटसम्बन्धी नीति तथा कार्यक्रम नै राष्ट्रको एउटा सिद्धान्त भएको र खर्च गर्न सकिने खालको बजेट ल्याउनुपर्नेमा सुझाव राख्नुभयो ।

सांसद अशोककुमार चौधरीले बजेटमाथिको छलफल औपचारिकता मात्र नभएर न्यायोचित, सन्तुलित र दिगो विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सांसद उदय शम्शेर जबराले पर्यटन क्षेत्रमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएकाले र टिकट महँङ्गो भयो भने पर्यटक नेपाल आउन कठिने हुनेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रतिक्षा तिवारीले देशको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सन्तुलित विकास गर्न आवश्यक रहेको र मुुलुकको आर्थिक समृद्धि गर्ने खालको हुनुपर्नेमा सुझाव दिनुभयो ।

सांसद सुशीला श्रीपाली थकालीले कृषिमा लगानी दशक र वैज्ञानिक तालमेल हुनुपर्ने र अर्थतन्त्रलाई बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै योजना बनाउँदा बजेटले धान्न सक्ने खालको बनाउनुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मी तिवारीले नीतिहरू धेरै भए पनि महिलामैत्री बजेटमा नभएको र अर्थतन्त्र सुधार गर्नका लागि महिलाको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरस्वती बजीमायाले नेपालमा धेरै नदीनाला हुँदाहुँदै पनि विद्युत् उत्पादन पर्याप्त मात्रामा गर्न नसकेको र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन विद्युत् उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद ऋषिकेश पोखरलले राजस्व बढाउने क्षेत्रमा बढी ध्यान दिनुपर्ने र मुलुकको आर्थिक समृद्धिमा बजेट, नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिनुभयो ।

सांसस उर्मिला माझीले विकास निर्माणका कामहरूमा निर्माण व्यवसायीले ढिलोमा टेन्डर लिने कामको अन्त्य गर्नुपर्ने र काम गर्न सकिने खालका बजेटहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गणेश पराजुलीले नवीतम सोच र समृद्धिका लागि सिद्धान्त र प्राथमिकता तय गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा बताउनुभयो ।

सांसद कुसुमदेवी थापाले कृषि, पर्यटन, उद्योगलाई ध्यान दिएर युवालाई स्वदेशमै रोजगार दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद हेमराज राईले आर्थिक विकासका लागि समग्र स्रोत तथा साधनको समुचित विकास र दिगो विकासका लागि बजेट बनाउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला