८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी

१ जेष्ठ २०८२, बुधबार १७:४४

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी छ ।

बैठकमा सांसद अच्युतप्रसाद मैनाली कृषिलाई रोजगारमुखी र व्यावसायिक बनाउनुपर्ने र लक्षित वर्गसम्म नयाँ ढङ्गबाट उत्पादनमा आधारित सहुलियत दिनुपर्ने सुझाव राख्नुभयो ।

सांसद पूर्णकुमार घर्तीमगरले बजेटसम्बन्धी नीति तथा कार्यक्रम नै राष्ट्रको एउटा सिद्धान्त भएको र खर्च गर्न सकिने खालको बजेट ल्याउनुपर्नेमा सुझाव राख्नुभयो ।

सांसद अशोककुमार चौधरीले बजेटमाथिको छलफल औपचारिकता मात्र नभएर न्यायोचित, सन्तुलित र दिगो विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सांसद उदय शम्शेर जबराले पर्यटन क्षेत्रमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएकाले र टिकट महँङ्गो भयो भने पर्यटक नेपाल आउन कठिने हुनेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रतिक्षा तिवारीले देशको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सन्तुलित विकास गर्न आवश्यक रहेको र मुुलुकको आर्थिक समृद्धि गर्ने खालको हुनुपर्नेमा सुझाव दिनुभयो ।

सांसद सुशीला श्रीपाली थकालीले कृषिमा लगानी दशक र वैज्ञानिक तालमेल हुनुपर्ने र अर्थतन्त्रलाई बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै योजना बनाउँदा बजेटले धान्न सक्ने खालको बनाउनुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मी तिवारीले नीतिहरू धेरै भए पनि महिलामैत्री बजेटमा नभएको र अर्थतन्त्र सुधार गर्नका लागि महिलाको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरस्वती बजीमायाले नेपालमा धेरै नदीनाला हुँदाहुँदै पनि विद्युत् उत्पादन पर्याप्त मात्रामा गर्न नसकेको र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन विद्युत् उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद ऋषिकेश पोखरलले राजस्व बढाउने क्षेत्रमा बढी ध्यान दिनुपर्ने र मुलुकको आर्थिक समृद्धिमा बजेट, नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिनुभयो ।

सांसस उर्मिला माझीले विकास निर्माणका कामहरूमा निर्माण व्यवसायीले ढिलोमा टेन्डर लिने कामको अन्त्य गर्नुपर्ने र काम गर्न सकिने खालका बजेटहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गणेश पराजुलीले नवीतम सोच र समृद्धिका लागि सिद्धान्त र प्राथमिकता तय गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा बताउनुभयो ।

सांसद कुसुमदेवी थापाले कृषि, पर्यटन, उद्योगलाई ध्यान दिएर युवालाई स्वदेशमै रोजगार दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद हेमराज राईले आर्थिक विकासका लागि समग्र स्रोत तथा साधनको समुचित विकास र दिगो विकासका लागि बजेट बनाउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन