३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी

१ जेष्ठ २०८२, बुधबार १८:००

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल भोलि पुनः हुने भएको छ ।

आजको बैठकमा सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताउनुभयो ।

सांसद सराज अहमद फारूकीले दुर्गम तथा पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र विपद् व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सरस्वती सुब्बाले ७५३ वटै स्थानीय तहमा कृषि भूमिको संरक्षण गर्न कित्ताकाट बन्द गर्नुपर्ने र जलवायु परिर्वतन न्यूनीकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले मुलुकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने र नारामा मात्र नभएर व्यवहारमा कार्यान्वयन हुने खालका बजेट आउनुपर्ने बतानुभयो ।

छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’