२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी

२०८२, १ जेष्ठ बुधबार १८:००

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल भोलि पुनः हुने भएको छ ।

आजको बैठकमा सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताउनुभयो ।

सांसद सराज अहमद फारूकीले दुर्गम तथा पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र विपद् व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सरस्वती सुब्बाले ७५३ वटै स्थानीय तहमा कृषि भूमिको संरक्षण गर्न कित्ताकाट बन्द गर्नुपर्ने र जलवायु परिर्वतन न्यूनीकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले मुलुकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने र नारामा मात्र नभएर व्यवहारमा कार्यान्वयन हुने खालका बजेट आउनुपर्ने बतानुभयो ।

छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला