३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

१ जेष्ठ २०८२, बुधबार १८:०६

काठमाडौँ | स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई आज सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहने भएकाले लगानी गर्न आग्रह गर्नुभएको हो ।

सन् १९९९ अघि नेपालको कूल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकामा २५ वर्षमै तीन हजार ५०० मेगावाट पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको अध्यक्ष कार्कीले जानकारी गराउनुभयो ।

त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले सहयोग गरेको कार्कीले स्मरण गराउनुभयो । यस परियोजनाका लागि फ्रान्सले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।

सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादन पु-याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने कार्कीको भनाइ छ ।

“लक्ष्यअनुसार १५ हजार मेगावाट भारतमा निर्यात गरिनेछ, भने बाँकी १३ हजार ५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ । यो महत्वकांक्षी योजना अन्तरराष्ट्रिय लगानीकर्ताका लागि बिमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा अवसरको रूपमा आएको छ,” उहाँले भन्नुभयो ।

उहाँले आगामी असोजमा आयोजना हुने ‘पावर समिट–२०२५’ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रूपमा स्थापित गर्न सहयोगको आग्रह गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’