2026-09-16 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

काठमाडौँ | स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई आज सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहने भएकाले लगानी गर्न आग्रह गर्नुभएको हो ।

सन् १९९९ अघि नेपालको कूल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकामा २५ वर्षमै तीन हजार ५०० मेगावाट पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको अध्यक्ष कार्कीले जानकारी गराउनुभयो ।

त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले सहयोग गरेको कार्कीले स्मरण गराउनुभयो । यस परियोजनाका लागि फ्रान्सले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।

सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादन पु-याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने कार्कीको भनाइ छ ।

“लक्ष्यअनुसार १५ हजार मेगावाट भारतमा निर्यात गरिनेछ, भने बाँकी १३ हजार ५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ । यो महत्वकांक्षी योजना अन्तरराष्ट्रिय लगानीकर्ताका लागि बिमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा अवसरको रूपमा आएको छ,” उहाँले भन्नुभयो ।

उहाँले आगामी असोजमा आयोजना हुने ‘पावर समिट–२०२५’ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रूपमा स्थापित गर्न सहयोगको आग्रह गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु