2026-07-02 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ | गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौँ महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गर्नुभयो । केही वर्षअघि कमलपोखरीमा पनि यस्तै घटना भई एक कामदारको निधन भएको घटनाको स्मरण गराउँदै उहाँले बजारबाट वितरण भइरहेको ग्याँसको अनुगमन नभएको बताउनुभयो ।

काठमाडौँका भित्री शहरका ठाउँठाउँमा अग्नि नियन्त्रक राख्न पनि सांसद राजभण्डारीले माग गर्नुभयो । ग्याँस सिलिण्डर र पेट्रोल पम्पका कारण आगलागीको जोखिम बढेकाले यसबाट सुरक्षित हुने अवस्था निर्माणका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुर गैरेले आर्थिक अनुशासन कायम हुन नसकी बेरुजु वृद्धि भएर अर्थतन्त्रमा असर पर्न सक्ने भएकाले आर्थिक अनुशासन कायम गर्न माग गर्नुभयो । अहिले रु सात खर्ब ३३ अर्बभन्दा बढी बेरुजु वृद्धि भएको महालेखाको प्रतिवेदनमार्फत् सार्वजनिक भएको उहाँले उल्लेख गर्नुभयो । अर्थ मन्त्रालयमै धेरै बेरुजु रहेको तथ्य बाहिर आएकामा सांसद गैरेले यस्तो अर्थतन्त्रले पर्न सक्ने प्रभावको विश्लेषण गरेर काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र पौडेलले धादिङबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटनामा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले बुधबार मक्खनको आगलागीमा परी ८० वर्षीया वृद्धाको मृत्यु भएको घटना र आज बिहान सतुङ्गलमा भएको आगलागीले ठूलो धनको क्षति भएको बताउनुभयो । आगलागी तत्काल निभाउन सबै स्थानीय तहमा दमकल छ कि छैन ? भनी प्रश्न गर्दै उहाँले भित्री शहरमा आगलागी नियन्त्रणका व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा आपत्ति जनाउँदै सरकारले कानुन उल्लङ्घन गरिरहेको बताउनुभयो । दलीयभन्दा गभर्नरमा स्वतन्त्र व्यक्ति नियुक्त गर्न उहाँले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध