३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’

२ जेष्ठ २०८२, बिहीबार १३:१४

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताउनुभयो । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उहाँले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिनुभयो । “पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,” उहाँले भन्नुभयो, “नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ । ”

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पु¥याएको बताउनुभयो । सिँचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पु¥याउने उहाँको भनाइ थियो । उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ । ”

सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दैे राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिँचाई विभागको थप समन्वयको आवश्यकता औँल्याउँदै सिँचाइ योग्य जमिनमा कृषिखेती नै प्रवद्र्धन गरिनुपर्छ भन्नुभयो ।

जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने जानकारी दिनुभयो ।

जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक मित्र बरालले सम्मेलनमा पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी नेपाल सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्व उच्च हुन्छ । सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छाँै ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू ः क्षेत्रगत एकीकरणका लागि विचार र समायोजन दृष्टिकोण’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्न सिँचाइलाई प्रवद्र्धन गर्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो , “ कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न सिँचाइमा लगानी वढाउन लागिएको छ । ”

इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’ कार्यपत्र प्रस्तुत गर्नुहँदै जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि प्रणालीमा परेको बताउनुभयो । इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै परम्परागत खेती प्रणालीमा सुधार गर्न र सिँचाइका लागि जलव्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालको कृषि क्षेत्रले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यसले ठूलो जनसङ्ख्यालाई रोजगारी समेत दिएको छ भने मुलुकको कूल गार्हस्थ उत्पादनमा झण्डै २५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । जलवायु परिवर्तन, पानीको अभाव र व्यवस्थापनको कमीले सबै सिँचाइयोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पु¥याउन कठिनाइ भइरहेको छ ।
सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती र कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयमा छलफल समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’