2026-10-07 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताउनुभयो । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उहाँले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, उहाँले भन्नुभयो ।

नेपाल कम्यनिष्ट पार्टी (एमाले) की सांसद सम्झना थपलियाले कमला नदी भत्किएकाले यात्राका क्रममा जनताले सास्ती खेपिरहेका भन्दै सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

कांग्रेसकी सांसद सरस्वती बजिमयले वर्षायामको सुरुआत हुन लाग्दा बाढी, पहिरोलगायत विपद् हुने जोखिममा जनता त्रसित भएका भन्दै वैशाख २९ गतेको वर्षाले खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लामा माथिबाट लेदो झरी सडक अवरुद्ध भएको बताउनुभयो । वर्षा सुरु भएपछि उल्लेखित जिल्लाका बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटोको व्यवस्था गर्न उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेकी सांसद सरस्वती सुब्बाले जलवायु परिवर्तनले हिउँ पग्लनेदेखि हिमताल फुट्ने जस्ता जोखिम बढ्दै गएका बताउँदै जलवायु परिर्वतनका असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेका सांसद सराज अहमद फारुकीले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य चौकीमा स्थानीयको पहुँच बढाउन, स्वास्थ्यकर्मीको क्षमता व्यवस्थापन, नियमित तालिमको व्यवस्थालगायत काम स्वास्थ्य मन्त्रालय प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेकी सांसद सरिता भुसालले गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोड्ने दुम्कीवास–त्रिवेणी खण्डको ट्र्याक २०६२ सालमा खनिए पनि अझै सम्पन्न हुन नसकेकाले यो सडक यथाशीघ्र निर्माण गर्न माग गर्नुभयो ।

सङ्घीयताको कार्यान्वयनसँगै सुस्ता पालिकाका केही भूभाग गण्डकी प्रदेशले विनय त्रिवेणी पालिकामा समायोजन गरेपछि त्यहाँका वडा नं ६ र ७ का बासिन्दालाई सडक अभाव भएकाले सरकारलाई यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए