८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

२ जेष्ठ २०८२, बिहीबार १४:२२

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताउनुभयो । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उहाँले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, उहाँले भन्नुभयो ।

नेपाल कम्यनिष्ट पार्टी (एमाले) की सांसद सम्झना थपलियाले कमला नदी भत्किएकाले यात्राका क्रममा जनताले सास्ती खेपिरहेका भन्दै सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

कांग्रेसकी सांसद सरस्वती बजिमयले वर्षायामको सुरुआत हुन लाग्दा बाढी, पहिरोलगायत विपद् हुने जोखिममा जनता त्रसित भएका भन्दै वैशाख २९ गतेको वर्षाले खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लामा माथिबाट लेदो झरी सडक अवरुद्ध भएको बताउनुभयो । वर्षा सुरु भएपछि उल्लेखित जिल्लाका बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटोको व्यवस्था गर्न उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेकी सांसद सरस्वती सुब्बाले जलवायु परिवर्तनले हिउँ पग्लनेदेखि हिमताल फुट्ने जस्ता जोखिम बढ्दै गएका बताउँदै जलवायु परिर्वतनका असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेका सांसद सराज अहमद फारुकीले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य चौकीमा स्थानीयको पहुँच बढाउन, स्वास्थ्यकर्मीको क्षमता व्यवस्थापन, नियमित तालिमको व्यवस्थालगायत काम स्वास्थ्य मन्त्रालय प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेकी सांसद सरिता भुसालले गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोड्ने दुम्कीवास–त्रिवेणी खण्डको ट्र्याक २०६२ सालमा खनिए पनि अझै सम्पन्न हुन नसकेकाले यो सडक यथाशीघ्र निर्माण गर्न माग गर्नुभयो ।

सङ्घीयताको कार्यान्वयनसँगै सुस्ता पालिकाका केही भूभाग गण्डकी प्रदेशले विनय त्रिवेणी पालिकामा समायोजन गरेपछि त्यहाँका वडा नं ६ र ७ का बासिन्दालाई सडक अभाव भएकाले सरकारलाई यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन