2026-10-07 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

काठमाडौँ | शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांगे्रसकी सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताउनुभयो । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा चामल, कोदो, आलुलगायतको रैथाने उत्पादनका परिकार खाजाको रूपमा व्यवस्था लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद शान्ति चौधरीले वर्षायाम सुरु हुन लागेकाले देशैभरका निर्माणाधीन सडक समयमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनको माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुदन किरातीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसँगै विद्युत्मा समस्या देखिएकाले सरकाकरको ध्यानाकर्षण गराउनुभयो ।

एमालेकी सांसद सुनिता बरालले भोलिदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्त्विजस्ता महत्त्वपूर्ण विषयवस्तु समेटिएको बताउनुभयो । यसले नेपाललाई विचार विमर्श र समस्या समाधानका केन्द्रको रूपमा चिनाउने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले घोकन्ते विद्यालाई भन्दा व्यावहारिक विद्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत सदरमुकाम तौलिहवाका विभिन्न स्थानमा सडक जीर्ण रहेकाले त्यहाँका स्थानीयवासीले वर्षौँदेखि कष्ट भोगिरहेको बताउनुभयो । यस विषयमा सरकारले ध्यान दिनुपर्ने उहाँको माग थियो ।

कांग्रेसकी सांसद सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाई करमा विभेद गर्नु नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए