३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

२ जेष्ठ २०८२, बिहीबार १७:३४

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिनुभएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ ।

वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन् । आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन् ।

विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’