३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि जरुरीः सांसद श्रेष्ठ

२ जेष्ठ २०८२, बिहीबार १७:३९

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले कर्मचारीतन्त्रलाई एकरुपता दिन र उनीहरुको दक्षता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन कर्मचारीको क्षमता विकास लक्षित कार्यक्रम अनिवार्य भएको सुझाब दिनुभयो । सरकारले राम्रो नियतले अघि सारेका नीतिले समेत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन गाह्रो भइरहेको उल्लेख गर्दै उहाँले कर्मचारीमा दलीय संयन्त्र हटाउनुपर्नेमा जोड दिनुभयो ।

“जनप्रतिनिधिले ‘डेलिभरी’ दिने होइन कर्मचारीले गर्ने हो, हाम्रो डेलिभरीमा इफिसेन्सी चाहिन्छ । कर्मचारीतन्त्रको इफिसेनसी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिका आफ्नै आयोजना हुन्छन्, ती आयोजना बजेटमा समावेश गराउँदा कर्मचारीहरु सोही गतिमा काम गर्न नसक्ने अवस्था छ, यो व्यवहारिक समस्या हो यसलाई समाधान गर्नुपर्छ ।

उहाँले कृत्रिम बौद्धिकताबाट उपलब्धी हासिल गर्नका लागि तथ्याङ्क नीति बनाउनु अनिर्वाय भएको बताउनुभयो । प्राथमिकता निर्धारण आवश्यकताका आधारमा गर्न सुझाव प्रस्तुत गर्दै उहाँले होडबाजी नगर्न आग्रह समेत गर्नुभयो ।

“जनप्रतिनिधिले आफनो निर्वाचन क्षेत्रमा बजेट–बजेट भन्ने हो भने निर्वाचन त जितिन्छ, देश बन्दैन । होडबाजीमा बजेट ल्याउनु हुदैन”, सांसद श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’