४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

३ जेष्ठ २०८२, शुक्रबार १२:१२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन दिनुभएको छ ।

उपप्रमुख डङ्गोलले सामाजिक विकास विभागलाई कामपाले नै तालिम दिएका उद्यमीहरूले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गरेर विद्यालयमा वितरण गर्न निर्देशन दिनुभएको हो ।

यसरी उत्पादन भएका गुणस्तरीय प्याड प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्रालाई वितरणका लागि शिक्षा विभागसँग समन्वय गर्न उहाँले विभागलाई निर्देशन दिनुभयो । यसबाट मात्र स्थानीय उद्यमीका उत्पादनको प्रवर्द्धन हुन्छ भन्नुभयो ।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्था उद्धृत गर्दै उहाँले, भन्नुभयो, “स्थानीय स्रोत, ज्ञान, सीप र उद्यमशील प्रवर्द्धन हुनेगरी स्थानीयस्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने व्यवस्था छ ।”

कामपाले आर्थिक वर्ष २०८०÷८१ मा १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली र विद्यालयबाट प्राप्त भएको निवेदनका आधारमा ८६ वटा विद्यालयलाई प्याड खरिदका लागि रकम पठाएको थियो ।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका, २०७६ को नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै विभागले विद्यालयमा रकम निकासा पठाएको जानकारी दिएको हो । यसरी पठाएको रकम रु एक करोड ४३ लाख ६१ हजार १२० छ ।

स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रूपमा नष्ट गर्न सकिने खालको प्याड वितरण सुनिश्चित हुनुपर्ने बताइएको छ । यो शिक्षा क्षेत्रको कार्यक्रम हो । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ । यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ । यसमा एक जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ ।

कामपाका सामुदायिक विद्यालयमा २०७६ सालबाट प्याड वितरण सुरू भएको हो । शिक्षा विभागका प्रमुख गोविन्द्रप्रसाद शर्माका अनुसार विद्यालयले प्याड वितरणसम्बन्धी नाम विवरण उपलब्ध गराउनुपर्छ । कतिपय विद्यालयले विवरण पठाएका छन् । कतिबाट पठाउन बाँकी छ । छात्राहरूलाई विद्यालयका सम्पर्क व्यक्तिले एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउने गरिएको छ । प्याड वितरण कार्यसँगै उक्त उमेर समूहका किशोरीलाई सहज भएको कामपाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट