2026-10-07 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा छैन: रास्वपा सांसद साह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभर बेलाबेला भइरहने बत्ती जानु ‘नयाँ दैनिकी’ नै बनेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमाथि व्यङ्ग्य गर्दै भने सरकार आफैँ पनि डार्क मोडमा अपरेट भइरहेको छ र बत्ती झ्याप्प झ्याप्प निभाएर पूरा देशलाई पनि डार्क मोडमा पुर्याइरहेको टिप्पणी गरे। उनले संसदमा त इन्भर्टर, जेनेरेटरजस्ता सुविधा भएर काम नरोकिए पनि आम नागरिकको घरमा यस्तो विशेष सुविधा नहुने भन्दै प्रश्न गरे।

बत्ती जाँदा नागरिकको दैनिकी कष्टकर बनेको भन्दै उनले खाना पकाउँदा आधामै रोकिने, मोबाइल चार्ज नहुने, व्यापार व्यवसाय ठप्प हुने र जताततै अन्धकार हुनेजस्ता समस्या औँल्याए। उनले थपे, ‘हिजो साँझ मात्र देशका धेरै ठाउँमा एक्कासी बत्ती गयो। कसैको अस्पतालमा अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला।’

उनले पहिले हावाहुरी वा पानी पर्दा बत्ती जाने गरे पनि अहिले कारण विना नै झ्याप्पझुप बत्ती जाने गरेको गुनासो गरे। बेलाबेला हुने बत्ती कटौती अब नयाँ दैनिकी नै बनिसकेको उनको भनाइ थियो। उनले यस्तो अवस्थामा धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशकलाई दिने भन्ने स्पष्ट पार्न कटाक्ष समेत गरेका थिए। उनले यदि बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा नभएको चेतावनी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए