२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई

२०८२, ३ जेष्ठ शुक्रबार १७:२१

काठमाडौँ | रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पु¥याएको कुरा बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ ।”

उहाँले संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।

नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकहरूमा यौनशोषण र दुर्व्यवहारमा परेका पीडितहरूका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसङ्घको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उहाँले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

सम्मेलनका अवसरमा मन्त्रीले मानव अधिकारका लागि उच्च आयुक्त कार्यालयका सहायक महासचिव इल्जे ब्राण्डस् केहरिससँग भेट गर्नुभएको पनि प्रवक्ता आचार्यले जानकारी दिनुभयो । त्यस अवसरमा मन्त्री राईले अन्तरराष्ट्रिय मानव अधिकार र कानुनलाई आफू संलग्न सबै शान्ति स्थापना कार्यमा पूर्ण रूपमा पालन गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । सहायक महासचिव केहरिसले नेपालले नमुनाका रूपमा काम गर्नसक्ने सम्भाव्यता रहेको बताउनुभएको थियो ।

यसैगरी, माननीय रक्षामन्त्री र चीनका रक्षामन्त्री दोङ जुनबीच भएको भेटवार्तामा दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको पनि रक्षामन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपालका राजदूत डा शैल रूपाखेती, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला