३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई

३ जेष्ठ २०८२, शुक्रबार १७:२१

काठमाडौँ | रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पु¥याएको कुरा बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ ।”

उहाँले संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।

नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकहरूमा यौनशोषण र दुर्व्यवहारमा परेका पीडितहरूका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसङ्घको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उहाँले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

सम्मेलनका अवसरमा मन्त्रीले मानव अधिकारका लागि उच्च आयुक्त कार्यालयका सहायक महासचिव इल्जे ब्राण्डस् केहरिससँग भेट गर्नुभएको पनि प्रवक्ता आचार्यले जानकारी दिनुभयो । त्यस अवसरमा मन्त्री राईले अन्तरराष्ट्रिय मानव अधिकार र कानुनलाई आफू संलग्न सबै शान्ति स्थापना कार्यमा पूर्ण रूपमा पालन गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । सहायक महासचिव केहरिसले नेपालले नमुनाका रूपमा काम गर्नसक्ने सम्भाव्यता रहेको बताउनुभएको थियो ।

यसैगरी, माननीय रक्षामन्त्री र चीनका रक्षामन्त्री दोङ जुनबीच भएको भेटवार्तामा दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको पनि रक्षामन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपालका राजदूत डा शैल रूपाखेती, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’