८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

३ जेष्ठ २०८२, शुक्रबार १८:१४

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जा तथा दिगोपनाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाबीच भेटवार्ता भएको छ ।

गरमाथा संवादका लागि नेपाल आउनुभएका सहायक विदेशमन्त्रीसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशको ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले हालै ऊर्जा विकाससम्बन्धी मार्गचित्रको लक्ष्य लिएकाले यसलाई कार्यान्वयन गर्न संयुक्त अरब इमिरेट्सको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री खड्काले जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा प्रसारण लाइनलगायत प्रमुख क्षेत्रमा संयुक्त अरब इमिरेट्सलाई लगानी गर्न आग्रह गर्नुभयो ।

भेटमा संयुक्त अरब इमिरेट्सका विदेश सहायकमन्त्री अब्दुल्लाले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स इच्छुक रहेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जासचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारी र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र