2026-10-07 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’

काठमाडौँ | परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताउनुभएको छ ।

संवादको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संवादमा हिमालका विषय उजागर गरिएका छन्, यी हिमाली क्षेत्रको मात्र नभई टापुसम्मको चासोका विषय हुन् ।”

जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रूपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा छलफल भएको बताउँदै सचिव राईले अतिकम विकसित र विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत र उपलब्धिमूलक छलफल भएको उल्लेख गर्नुभयो ।

त्यस्ता मुलुकले पेरिस सम्झौता र आफ्ना राष्ट्रिय निर्धारित योगदानका लक्ष्य कार्यान्वयन गर्न नसक्ने सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन संवाद सफल भएको उहाँको भनाइ छ । उहाँले जलवायुका समस्या समाधानमा विश्वव्यापी साझदारीका साथ सहभागी सबैले प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो ।

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम आज सम्पन्न भएको हो । आजसम्म भएका संवादमा उद्घाटन समारोहदेखि १२ वटा समानान्तर सत्रहरू, अतिरिक्त सत्रहरू तथा विश्वव्यापी एवं क्षेत्रीय साझेदारीसम्बन्धी गोलमेच बैठक सम्पन्न भएका छन् ।

सचिव राईले संवादका सन्देश र निष्कर्ष यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने हिमनदी संरक्षण सम्मेलनमा, जुलाइमा हुने संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चमा, सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा र ब्राजिलमा हुने कोप–३० लगायत क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा लैजाने बताउनुभयो । संवादका क्रममा व्यक्त भएका विचार, सुझाव तथा गहन दृष्टिकोणलाई समेटेर ‘सगरमाथा कार्य आह्वान’जारी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए