2026-09-14 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताउनुभएको छ ।

राष्ट्रिसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा उहाँले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (एलडिसी)बाट स्तरोन्नत हुन सरकारले तयार पारेको ‘सहज रुपान्तरण रणनीति कार्यान्वयन गर्न कठिन भएको बताउनुभयो । अन्तरनिकाय समन्वय अभावमा एकीकृत रुपमा रणनीति कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो ।

“अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि हामीले गर्नुपर्ने तयारी र कार्ययोजना कार्यान्वयन गर्न रु चार अर्ब बराबर बजेट आवश्यक पर्ने देखिन्छ । यसवर्षको हाम्रो बजेट रु चार करोड मात्र छ । यति रकमले हामीलाई नतिजा प्राप्त गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो । स्तरोन्नतिका लागि सहयोग गर्ने उद्देश्यले तयार पारिएको एकीकृत व्यापार रणनीतिअनुसार सबै मन्त्रालयले आ–आफ्नो क्षेत्रको काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “जबसम्म मुलुकको कुल गार्हस्थ्य उत्पादनमा उद्योग र उत्पादन क्षेत्रको योगदान बढ्दैन तबसम्म समस्या रहन्छ,” उद्योगमन्त्री भण्डारीले भन्नुभयो ।

हालसम्म एलडिसीका रुपमा मुलुकले पाइरहेका सुविधा स्तरोन्नतिपछि कटौती हुनेछ । अन्तरराष्ट्रिय व्यापार, विकास सहायता परिचालनलगायत क्षेत्रमा स्तरोन्नति अघि र पछिको अवस्था फरक हुनेछ । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सबैभन्दा बढी प्रभावित हुने क्षेत्र अन्तरराष्ट्रिय व्यापार हो । एलडीसीका सुविधा कतौती हुँदा देशको निर्यात व्यापारमा चार प्रतिशतको कमि आउने प्रक्षेपण गरिएको उद्योगमन्त्रीले बताउनुभयो ।

स्तरोन्नतिपछि विश्व व्यापार संङ्गठन (डब्ल्युटिओ) को प्रावधानअनुसार एलडिसीका रुपमा नेपाली वस्तु तथा सेवाले अन्तरराष्ट्रिय बजारमा पाउने प्राथमिकता र सुविधा पाइने छैन । स्तरोन्नतिपछि पनि यस्तो सुविधा नगुमोस् भन्ने उद्देश्यले ‘ड्यटी फ्रि’ ‘कोटा फ्रि’ लगायत सुविधाको निरन्तरताका लागि युरोपेली सङ्घ, टर्कीलगायत देशसँग छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

समितिमा दिइएको जानकारीअनुसार स्तरोन्नतिपछि कृषिजन्य वस्तुको निर्यातमा अनुदान दिन पाइने छैन । गैरकृषिजन्य वस्तुको निर्यातमा दिइने अनुदानमा पनि कटौती हुनेछ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) एक हजार डलरभन्दा कम भएका मुलुकका लागि भने गैरकृषिजन्य वस्तुमा निर्यातमा अनुदान पाउन सक्छन् । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा प्रतिव्यक्ति आयको शर्त पनि रहने भएकाले यो अवस्था स्वतः समाप्त हुनेछ । सेवा क्षेत्रमा सरकारबाट पाइरहेको सुविधामा भने यथावत रहने छ । कृषिजन्य वस्तुको देशभित्र हुने आन्तरिक व्यापारमा दिइने अनुदान पनि यथावत रहने छ । गैरकृषिजन्य स्थानीय वस्तुमा भने अनुदान दिन पाइने छैन । स्तरोन्नतिको चरणमा देशले यस्ता अनुदानहरु उपलब्ध गराएको वा नगराएको जानकारी डब्ल्युटिओलाई दिनुपर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार तयारी कपडा, गलैचा र पस्मिना क्षेत्रमा साढे दुई लाख भन्दा बढी कामदार कार्यरत रहेका छन् । निर्यातमा कमी आउँदा क्षेत्रमा मात्र १० हजार ५०० सय श्रमिकले रोजगारी गुमाउने अनुमान गरिएको छ । देशको निर्यात घट्दा आर्थिक वृद्धिदर पनि प्रभावित हुनेछ ।

मुलुकले द्विपक्षीय तथा बहुपक्षिय विकास साझेदारबाट पाइरहेको विकास सहायतामा पनि एलडिसी स्तरोन्नतिको असर पर्नेछ । विकास सहायतासम्बन्धी सुविधाहरुमा कटौती हुनेछ । मुलुकको विकासका ठूला साझेदार एसियाली विकास बैंक र विश्व बैंकलगायत वित्तीय संस्थाले सुविधामा कटौती गर्नेछन् । उदाहरणका लागि एसियाली विकास बैंकबाट नेपालले सहुलियतपूर्ण ऋण पाउँदै आएको छ । जुन ऋण २४ देखि ३२ वर्षमा परिपक्क (म्याचुअर) हुन्छ र यस्तो ऋणमा नेपालले ८ वर्षको ग्रेस अवधि पाउँछ । यस्तो ऋणमा अहिले नेपालले एक प्रतिशत देखि एक दशमलव ५ प्रतिशत ब्याज तिर्दै आएको छ । स्तरोन्नती पछि एडीबीबाट नेपालले अधिकतम २५ वर्षसम्मका लागि ऋण पाउँनेछ । जसमा ग्रेस अवधि पाँच वर्षको हुनेछ भने त्यस्तो कर्जाको ब्याजदर कम्तीमा दुई प्रतिशत हुनेछ । त्यस्तै, अर्को ठूलो विकास साझेदारका रुपमा रहेको विश्व बैंकको सुविधाहरु पनि नेपालले गुमाउनेछ । न्युन–मध्यम आय भएको मुलुक भएकाले अन्तर्राष्ट्रिय विकास सङ्गठन (इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन) को सहुलियतपूर्ण ऋण पाउँन छोडिसकेको छ ।

सन् २०२६ सम्म नेपालले विश्व बैंकमार्फत ब्लेन्ड क्रेडिटका रुपमा ३० वर्षको म्याचुरिटी अवधि, पाँच वर्षको सहुलियत अवधि एक दशमलव २५ प्रतिशत ब्याजदरमा पाउँछ । यस्तो ऋणमा शून्य दशमलव ७५ प्रतिशत सेवाशूल्क पनि लाग्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो स्रोतको निश्चित प्रतिशत अतिकम विकसित मुलुकका लागि उपलब्ध गराउँछन् । स्तरोन्नतिपछि देशले ती शीर्षकको सहायता पाउनेछैन । त्यस्तै, एलडिसी कोषबाट पनि वित्तीय सहायता रोकिनेछ । यद्यपि, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी) अन्तर्गतको वित्तीय सुविधा भने कायम रहनेछ । एलडिसीका रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा सहभागी हुँदा पाइरहेका सुविधा र शैक्षिक छात्रवृत्ति पनि

बौद्धिक सम्पत्ति अधिकार प्रभावित हुने अर्को क्षेत्र हो । ‘एग्रीमेन्ट अन ट्रेड रिलेटेड एस्पेक्ट्स अफ इन्टेलेक्चुअल प्रोपटी राइट (ट्रिप्स एग्रीमेन्ट) अन्तर्गतका सुविधा पाइने छैन । औषधिजन्य उत्पादनमा देशका आ
औषधि उत्पादक कम्पनीहरुले प्रयोग गर्दै आएका विदेशी कम्पनीका प्याटेन्ड, डिजाइन, प्रतिलिपि अधिकार र गोप्य सूत्रलालगायत सुविधा कसिलो हुनेछन् । प्रविधि हस्तान्तरणको क्षेत्रमा पनि प्रभाव पर्नेछ ।

स्तरोन्नतिपछि उदारीकरणसँग सम्बन्धित प्रतिवद्धता नेपालले पनि पालना गर्नुपर्नेछ । नेपालले यी सबै समस्यालाई सम्बोधन गर्नेगरी ‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ बनाएपनि त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण भएको उद्योग मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ