३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

५ जेष्ठ २०८२, आईतवार १७:४०

काठमाडौँ | राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानको कार्यान्वयन मापनका लागि चार वटा प्रदेशमा स्थलगत अध्ययन गरेको छ ।

समितिले यस विषयमा कोसी, मधेस, कर्णाली र लुम्बिनी प्रदेशमा गत वैशाख १५ देखि १८ गतेसम्म प्रदेशसभाका विषयगत समिति, प्रदेश सरकार, स्थानीय तह, सरोकार भएका र बालबालिकासँग प्रत्यक्ष छलफल गरेको समितिको आजको बैठकमा जानकारी दिइयो ।

त्यसक्रममा कतिपय विद्यालयमा स्वच्छ खानेपानी समस्या देखिएको, विद्यालयको घेराबार नभएको, जनप्रतिनिधिकै परिवारमा वा संलग्नतामा बालविबाह हुने गरेको, बहुअपाङ्गता भएका बालबालिको पठनपाठनमा समस्या देखिएको तथा यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्मदर्ता गर्न कठिन रहेको जस्ता समस्या समितिले पहिचान गरेको छ ।

कतिपय पालिकाका ५० प्रतिशतभन्दा बढी बालबालिकाको जन्मदर्ता नभएको तथा मधेस प्रदेशमा अझै पनि छोरीको शिक्षाभन्दा विवाहमा दाइजोसम्बन्धी समस्याबाट अभिभावक चिन्तित हुने गरेको उल्लेख छ । यस प्रदेशमा हरेक वर्ष वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवसका रूपमा मनाउने गरिएको छ ।

अभिभावकविहीन बालबालिको संरक्षणमा आफन्तको ध्यान नपुगेको, जन्मदर्ता नभएका कारण बालगृहमा राख्न समस्या भएकाले सडकमा आउन बाध्य हुनुपरेको, बालविवाह गर्नेको व्यवस्थापन र परिवारिक स्वीकार्यताको समस्या रहेको तथा विचार अभिव्यक्त गर्न नपाइएको समितिको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

घरेलु हिंसाले बालबालिका जोखिममा रहेको, बालमैत्री शौचालय, स्यानिटरी प्याडको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको, बाल कोषको कार्यविधि, खोजतलास केन्द्र नभएको मस्यौदा प्रतिवेदनमा उल्लेख छ । कतिपय बालसुधार गृहमा नियमित स्वास्थ्य परीक्षण, अध्ययनका लागि पुस्तक, मनोसामाजिक परामर्शदाताको व्यवस्था नभएको तथा १८ वर्ष उमेर समूहकालाई एउटै स्थानमा राख्दा समस्या देखिएको जनाइएको छ ।

समितिले कतिपय सामुदायिक विद्यालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या धेरै रहेको तथा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको पाइएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’