2026-10-07 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

काठमाडौँ | राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानको कार्यान्वयन मापनका लागि चार वटा प्रदेशमा स्थलगत अध्ययन गरेको छ ।

समितिले यस विषयमा कोसी, मधेस, कर्णाली र लुम्बिनी प्रदेशमा गत वैशाख १५ देखि १८ गतेसम्म प्रदेशसभाका विषयगत समिति, प्रदेश सरकार, स्थानीय तह, सरोकार भएका र बालबालिकासँग प्रत्यक्ष छलफल गरेको समितिको आजको बैठकमा जानकारी दिइयो ।

त्यसक्रममा कतिपय विद्यालयमा स्वच्छ खानेपानी समस्या देखिएको, विद्यालयको घेराबार नभएको, जनप्रतिनिधिकै परिवारमा वा संलग्नतामा बालविबाह हुने गरेको, बहुअपाङ्गता भएका बालबालिको पठनपाठनमा समस्या देखिएको तथा यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्मदर्ता गर्न कठिन रहेको जस्ता समस्या समितिले पहिचान गरेको छ ।

कतिपय पालिकाका ५० प्रतिशतभन्दा बढी बालबालिकाको जन्मदर्ता नभएको तथा मधेस प्रदेशमा अझै पनि छोरीको शिक्षाभन्दा विवाहमा दाइजोसम्बन्धी समस्याबाट अभिभावक चिन्तित हुने गरेको उल्लेख छ । यस प्रदेशमा हरेक वर्ष वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवसका रूपमा मनाउने गरिएको छ ।

अभिभावकविहीन बालबालिको संरक्षणमा आफन्तको ध्यान नपुगेको, जन्मदर्ता नभएका कारण बालगृहमा राख्न समस्या भएकाले सडकमा आउन बाध्य हुनुपरेको, बालविवाह गर्नेको व्यवस्थापन र परिवारिक स्वीकार्यताको समस्या रहेको तथा विचार अभिव्यक्त गर्न नपाइएको समितिको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

घरेलु हिंसाले बालबालिका जोखिममा रहेको, बालमैत्री शौचालय, स्यानिटरी प्याडको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको, बाल कोषको कार्यविधि, खोजतलास केन्द्र नभएको मस्यौदा प्रतिवेदनमा उल्लेख छ । कतिपय बालसुधार गृहमा नियमित स्वास्थ्य परीक्षण, अध्ययनका लागि पुस्तक, मनोसामाजिक परामर्शदाताको व्यवस्था नभएको तथा १८ वर्ष उमेर समूहकालाई एउटै स्थानमा राख्दा समस्या देखिएको जनाइएको छ ।

समितिले कतिपय सामुदायिक विद्यालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या धेरै रहेको तथा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको पाइएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए