२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

२०८२, ६ जेष्ठ सोमबार १२:५६

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ ।

यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका कामपाले जानकारी दिएको छ ।

रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । झाका अनुसार यस क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम गर्ने तयारी थियो । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी चार पेसा राखिएका थिए ।

यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् । पेसातर्फ आठ वटा थपिएपछि तालिम सञ्चालन हुने पेसा ४२ पुगेको छ । तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने कठिन हुनेहरूका लागि सहजीकरण गर्न आज राष्ट्रियसभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो ।

हालसम्ममा तीन हजार ५७६ जनाले अनलाइन आवेदन दिइसक्नुभएको छ । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ छ । यसपछि क्रमशः बारिस्ता, एआइ, बेकरी र ब्युटिसियनको छ । कामपाले सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ ।

कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिनेछ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

तालिमका क्षेत्र र विधा

दश वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक छ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला