३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

६ जेष्ठ २०८२, सोमबार १३:४७

काठमाडौँ | प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गर्नुभएको भाषाप्रति आपत्ति जनाउनुभयो । उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको हाँले सुनाउनुभयो ।

सांसद शेरबहादुर कुँवरले भारतीय सेनामा नेपालीलाई गोरखा भर्ती गर्दै आएकामा अग्निरेखाका नाममा फरक पार्न थालिएकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । भूकम्पलगायत विपद्मा प्रभावित जनताले राहत पाउन समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि आवश्यक भएको उहाँको भनाइ छ ।

सांसद रञ्जुकुमारी झाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको माग गर्नुभयो । सौर्य एयरको विमान दुर्घटनामा परेकाले अहिलेसम्म क्षतिपूर्ति नपाई गुनासो बढिरहेको सुनाउँदै उहाँले क्षतिपूर्तीको छिटो व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद रेखा यादवले कृषि क्षेत्रको विकासमा सरकार गम्भीर भएको देखिँदैन भन्नुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबै किसानलाई परिचयपत्र दिने भनिए पनि अहिलेसम्म १९ लाखले मात्र पाएको पनि उहाँले बताउनुभयो । अग्र्यानिक मल आयात गर्दा २४ दशमलव ३९ प्रतिशत भन्सार लिनु गलत भएको सांसद यादवले बताउनुभयो ।

सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाको वन प्रयोजनविहीन रहेकाले विमानस्थल बनाउनुपर्ने माग गर्नुभयो । सागरनाथ वन विकास परियोजना प्रयोजनहीन भएको, ११ महिनादेखि कर्मचारीले तलब नपाएको, हजारौँ बिघा जमिन अतिक्रमणमा परेको पनि उहाँले जानकारी गराउनुभयो ।

सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा जानेले अत्यधिक तापक्रममा काम गर्नुपरेकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । दुग्ध किसानले अहिलेसम्म पनि भुक्तानी नपाएर समस्या भएकाले छिटो भुक्तानी दिन माग गर्नुभयो ।

सांसद प्रभु साहले लघुवित्तपीडितको समस्या किन समाधान नगरिएको भनी प्रश्न गर्नुहुँदै डेपुटी गभर्नरको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्नुभयो । प्रतिवेदनका आधारमा लुटिएका लघुवित्तपीडितलाई छिटो न्याय दिई सडकबाट फिर्ता गराउन पनि सांसद साहले माग गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले सर्लाहीको सत्बरिया गाउँपालिका–३ वडा कार्यालय र एक आधारभूत विद्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा वातावरण मन्त्रालयलगायत निकाय एवं सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदलाई पनि पत्र पठाएर क्रसर उद्योगले आधारभूत विद्यालयमा पढ्न नसक्ने अवस्था रहेको बताउनुभयो । क्रसरको तस्बिर खिच्ने पत्रकारलाई डाँका मुद्दा लगाइएकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उहाँले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’