2026-10-07 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्मा सांसद विकास कोषको चर्चा

काठमाडौँ | सांसदहरुले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन सांसदले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गर्नुभएको हो । सांसद कोषका नाममा रु ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले सांसदलाई उहाँहरुका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गर्नुभयो ।

चालु आवमा रु १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उहाँले सुझाव दिनुभयो । बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उहाँले माग गर्नुभयो ।

सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गर्नुभयो । कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उहाँको थियो ।

सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्नुहुँदै उहाँले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो । वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गर्नुभयो । पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्नेगरी व्यवस्था गरिनुपर्ने पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए