३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

६ जेष्ठ २०८२, सोमबार १४:५२

काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरुले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरु हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद मायाप्रसाद शर्माले हुम्लाको तिलगाउँ पहिरोको उच्च जोखिममा परेको तथा गत वैशाख ३१ को वर्षापछिको पहिरोले हिल्सा जानेबाटो अवरोध भएको, स्थानीय विद्युत् गृहमा क्षति पुगेको भन्दै पहिरोको जोखिमा रहेको तिलगाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद गङ्गा बेलबासेले राष्ट्रिय निकुञ्जसम्बन्धी नयाँ ऐनको माग गर्नुभयो । सांसद गोपी सार्की अछामीले विद्युत् प्राधिकरणको लापर्वाहीले विद्युत् कटौती हुँदा व्यवसायी मर्कामा परेकाले त्यसको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जगप्रसाद शर्माले दाङको टरिगाउँ विमानस्थल, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका मेघा परियोजनमामा बजेट सुनिश्चित गर्न माग गर्नुभयो । सांसद तारामान स्वाँरले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना नहँुदा त्यस क्षेत्रमा आपराधिक घटना बढेर नागरिक त्रसित र असुरक्षित भइरहेकाले यसको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलसाकुमारी दाहालले विवाहको उमेर घटाउने विषय संविधानमा व्यवस्था भएको बालबालिकाको हकअधिकारको विपरीत भएको उल्लेख गर्दै केही छिटपुट घटनालाई आधार मानेर विवाहको उमेर नघटाउन तथा यस विषयमा गहिरो अध्ययन गरेर मात्रै निर्णय लिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भगवती न्यौपानेले भर्खरै सम्पन्न सगरमाथा संवादमा विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति भएर हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, न्यूनीकरण एवं समाधानबारे ऐक्यबद्धता प्रकट गर्दै २५ बुँदे कार्यआह्वानपत्र जारी भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हुम्लामा हिमताल फुटेर नाम्खा गाउँ पहिरोको चपेटामा परेका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्तिको व्यवस्था गर्दै जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राधेश्याम पासवानले सर्लाहीको ईश्वरपुर नगरपालिकाका उमेश नेपालीको विद्युतीय तार जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको घटनामा विद्युत् प्राधिकरणको लापरबाही देखिएको भन्दै दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’