३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

६ जेष्ठ २०८२, सोमबार १५:३०

काठमाडौँ | राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सुदूरपश्चिम धार्मिक पर्यटनको उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “धार्मिक पर्यटनका लागि सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । प्रदेशका नौ वटै जिल्लाका पवित्र तीर्थस्थल, मालिका, खप्तड, त्रिपुरासुन्दरी, शैलेश्वरीलगायत सुदूरपश्चिम धार्मिक पर्यटनका लागि उपयुक्त छन् । ती क्षेत्रमा पर्यटन प्रवर्द्धनको कुरा गरिए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । खप्तड बडिमालिका क्षेत्रमा पूर्वाधार र वासस्थानको व्यवस्था हुन नसक्दा ती क्षेत्रहरु ओझेलमा परेछन् ।”

सांसद भट्टले रानीजमरा–गुलरिया सिँचाइ आयोजना फेजआउटको अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै करोडौँ लगानी भइसकेको उक्त आयोजनामार्फत किसानको खेतीमा पानी पु¥याएर कृषि उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले धनगढी–दीपायल द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि माग गर्नुभयो । साथै उहाँले कर्णाली नदीको कटानले टीकापुरको पुरानो ऐतिहासिक पार्क जोखिममा रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले सुदूरपश्चिम धार्मिक र पर्यटन क्षेत्रको विकासको लागि असाध्यै उर्वर भूमि रहेको तथा विकासको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमलाई पर्यटन विकासको हिसाबले विशेष प्याकेज घोषणा गरी पर्यटकीय पूर्वाधारमा एक पटक कर छुट र दश वर्षसम्म लाभकरमा छुट दिने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गर्नुभयो ।

सांसद शाहले सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, सभ्यता र इतिहासको संरक्षण उत्खनन र विकासका लागि विशेष कार्यक्रम घोषणा गर्न माग गर्नुभयो । उहाँले आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट विनियोजन गर्न तथा विशेष प्रदेशको रुपमा घोषणा गरी आर्थिक विकासका लागि नीतिगत र स्रोतको व्यवस्था गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’