2026-10-07 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौँ | राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सुदूरपश्चिम धार्मिक पर्यटनको उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “धार्मिक पर्यटनका लागि सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । प्रदेशका नौ वटै जिल्लाका पवित्र तीर्थस्थल, मालिका, खप्तड, त्रिपुरासुन्दरी, शैलेश्वरीलगायत सुदूरपश्चिम धार्मिक पर्यटनका लागि उपयुक्त छन् । ती क्षेत्रमा पर्यटन प्रवर्द्धनको कुरा गरिए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । खप्तड बडिमालिका क्षेत्रमा पूर्वाधार र वासस्थानको व्यवस्था हुन नसक्दा ती क्षेत्रहरु ओझेलमा परेछन् ।”

सांसद भट्टले रानीजमरा–गुलरिया सिँचाइ आयोजना फेजआउटको अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै करोडौँ लगानी भइसकेको उक्त आयोजनामार्फत किसानको खेतीमा पानी पु¥याएर कृषि उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले धनगढी–दीपायल द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि माग गर्नुभयो । साथै उहाँले कर्णाली नदीको कटानले टीकापुरको पुरानो ऐतिहासिक पार्क जोखिममा रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले सुदूरपश्चिम धार्मिक र पर्यटन क्षेत्रको विकासको लागि असाध्यै उर्वर भूमि रहेको तथा विकासको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमलाई पर्यटन विकासको हिसाबले विशेष प्याकेज घोषणा गरी पर्यटकीय पूर्वाधारमा एक पटक कर छुट र दश वर्षसम्म लाभकरमा छुट दिने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गर्नुभयो ।

सांसद शाहले सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, सभ्यता र इतिहासको संरक्षण उत्खनन र विकासका लागि विशेष कार्यक्रम घोषणा गर्न माग गर्नुभयो । उहाँले आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट विनियोजन गर्न तथा विशेष प्रदेशको रुपमा घोषणा गरी आर्थिक विकासका लागि नीतिगत र स्रोतको व्यवस्था गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए