३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री

६ जेष्ठ २०८२, सोमबार १७:०१

काठमाडौँ | युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले दशरथ रङ्गशाला, पोखरा र कर्णाली प्रदेशको सुर्खेत रङ्गशाला अपाङ्गमैत्री निर्माण गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा निर्माण हुने खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पारा खेलका लागि विभिन्न राष्ट्रियस्तरको प्रतियोगिता गराउँदै आएको जनाउँदै मन्त्री चौधरीले पारा खेलाडीहरूको हौसलाका लागि अन्य खेलाडीसरह पुरस्कारको समान व्यवस्थामा गरिने जानकारी दिनुभयो ।

विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उपाधि जितेको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने विषयमा बजेट अभावको कारण तत्काल प्रदान गर्न नसकेको स्वीकार्दै बजेट व्यवस्थापनको लागि हरसम्भव प्रयत्न भइरहेको बताउनुभयो ।

त्यसअघि जगप्रसाद शर्माले पारा ओलम्पिक खेलमा सरकारले अहिलेसम्म कुनै पनि लगानी नगरेको, देशैभरि एउटा पनि अपाङ्गमैत्री रङ्गशाला बनाउन किन पहल नगरेको भन्ने प्रश्न राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’