2026-10-07 08:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चटङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरको छ ।

माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।

“हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ”, उहाँले भन्नुभयो, “जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ ।”

उहाँका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुनेगर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

देशका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए