२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

२०८२, ६ जेष्ठ सोमबार १७:३०

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले प्रचलित केही नेपाल ऐन कार्यान्वयन सन्दर्भमा देखिएका कठिनाइ तथा समस्यालाई सम्बोधन गर्न र कतिपय कानुनको प्राविधिक कमजोरीलाई सच्याएर प्रभावकारी बनाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, गङ्गाकुमारी बेल्वासे, भुवनबहादुर सुनार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले सुझावसहित आ–आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला