३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल

६ जेष्ठ २०८२, सोमबार १७:५०

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताउनुभएको छ । राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उहाँले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताउनुभयो ।

मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागू गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री दाहालले कैलालीको टिकापुर÷दुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा हालसम्म १२८ किमी मात्र ‘ट्र्याक’ खुलेको र बाँकी ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँसँग सांसदहरू मदनकुमारी साह र भुवनबहादुर सुनारले सो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोध्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०÷८१ सभासमक्ष पेस गर्नुभयो । उहाँले ‘चलचित्र विधेयक, २०८१’ समेत पेस गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’