२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

२०८२, ७ जेष्ठ मंगलवार ११:३३

काठमाडौँ | युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ ।

तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं प्रतिनिधि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ ।

इयुको कूटनीतिक टोलीलाई भ्रमणका माध्यमबाट नेपालको विकासका प्राथमिकता बुझ्ने र सहयोगका क्षेत्रहरू पहिल्याउन मद्दत पुग्ने प्रतिनिधिमण्डलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ रहँदा उक्त टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालको आन्तरिक तथा विदेशी नीतिका विषयमा छलफल गर्नाका साथै नागरिक समाज निजी र सञ्चार क्षेत्रका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

नेपाल विद्युत् प्राधिकरणमा पुगेर यसका गतिविधिबारे जानकारी लिने तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला