३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने छ’

७ जेष्ठ २०८२, मंगलवार ११:५०

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान प्रदत्त उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाले व्यवसायीले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक र कानुनविपरीत वस्तु तथा सेवामा भइरहेको समस्या निरुपणका लागि सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मन्त्री भण्डारीले आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

बजार अनुगमनले उपभोक्ता र वस्तु तथा सेवा बिक्रेतालाई जागरुक बनाएको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न बजार प्रणालीलाई संस्थागत गर्दै संविधान र कानुन प्रदत्त उपभोक्ता अधिकारलाई संस्थागत गर्नुपर्छ ।”

मन्त्री भण्डारीले कानुनी मान्यताविपरीत सञ्चालन भई समस्या सिर्जना गरिरहेका व्यवसायी तथा उद्यमीलाई कानुनी दायरामा ल्याउन सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिँदै आएको जानकारी दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले विभागको क्षेत्राधिकारभित्र रहेका बजार अनुगमन साथै शिक्षा, स्वास्थ्यलगायत सेवा प्रदायकमाथि हस्तक्षेपकारी अनुगमन गरिएको जानकारी दिँदै कैफियत पाइएका ठाउँमा जरिवाना गराइएको बताउनुभयो ।

साल्टट्रेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले नुनको आपूर्ति व्यवस्थापन गर्दै आएको आफ्नो संस्थाले अहिले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन तथा बजारमा मूल्य नियन्त्रण गर्न खाद्य पदार्थदेखि ग्यास, तेललगायत उपभोग्य वस्तु सुलभ मूल्यमा बिक्री गर्दै आएको जानकारी गराउनुभयो ।

सो अवसरमा अधिकारकर्मी, प्रशासकलगायतले बजार अनुशासन पालना गराई उपभोक्ताको अधिकार संरक्षण गर्न अनुगमनलाई तीव्रता दिँदै वस्तु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’