२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने छ’

२०८२, ७ जेष्ठ मंगलवार ११:५०

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान प्रदत्त उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाले व्यवसायीले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक र कानुनविपरीत वस्तु तथा सेवामा भइरहेको समस्या निरुपणका लागि सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मन्त्री भण्डारीले आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

बजार अनुगमनले उपभोक्ता र वस्तु तथा सेवा बिक्रेतालाई जागरुक बनाएको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न बजार प्रणालीलाई संस्थागत गर्दै संविधान र कानुन प्रदत्त उपभोक्ता अधिकारलाई संस्थागत गर्नुपर्छ ।”

मन्त्री भण्डारीले कानुनी मान्यताविपरीत सञ्चालन भई समस्या सिर्जना गरिरहेका व्यवसायी तथा उद्यमीलाई कानुनी दायरामा ल्याउन सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिँदै आएको जानकारी दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले विभागको क्षेत्राधिकारभित्र रहेका बजार अनुगमन साथै शिक्षा, स्वास्थ्यलगायत सेवा प्रदायकमाथि हस्तक्षेपकारी अनुगमन गरिएको जानकारी दिँदै कैफियत पाइएका ठाउँमा जरिवाना गराइएको बताउनुभयो ।

साल्टट्रेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले नुनको आपूर्ति व्यवस्थापन गर्दै आएको आफ्नो संस्थाले अहिले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन तथा बजारमा मूल्य नियन्त्रण गर्न खाद्य पदार्थदेखि ग्यास, तेललगायत उपभोग्य वस्तु सुलभ मूल्यमा बिक्री गर्दै आएको जानकारी गराउनुभयो ।

सो अवसरमा अधिकारकर्मी, प्रशासकलगायतले बजार अनुशासन पालना गराई उपभोक्ताको अधिकार संरक्षण गर्न अनुगमनलाई तीव्रता दिँदै वस्तु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला