२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह

२०८२, ७ जेष्ठ मंगलवार १२:२७

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरु राख्नुभएको छ ।

बैठकको शून्य समयमा सांसद वीना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “मर्यादापालकहरु सुरक्षामा खटिनुहुन्छ । उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् । ”

यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो । तर हालसम्म पहिलो किस्तामात्र विनियोजन गरिएको छ । बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ ।”

सांसद विना जैसवालले बैङ्क तथा वित्तीय संस्थाहरुले निकै कम मूल्याङ्कनमा ऋणीको धितो लिलाम गर्ने गरेको विषय उठाउनुभयो । त्यस्तै, कर्जा लिँदा विभिन्न खालका झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नियामक नेपाल राष्ट्र बैङ्कले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैङ्क तथा वित्तीय संस्थाको एटिएम सेवा चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने माग पनि उहाँले गर्नुभयो ।

सांसद शान्ति श्रेष्ठले आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा गरिबी हटाउन आशालाग्दो कार्यक्रम ल्याइएको भन्दै यसलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक जिल्लामा आवासीय विद्यालय निर्माण गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद शिव नेपालीले लामो दूरीका एसी, डिलक्स सवारी तथा हवाईजहाजजस्ता साधनमा अत्यधिक भाडा असुल्ने तर सोही अनुसार गुणस्तरको सेवा नदिने गुनासो सर्वसाधारणको रहेको भन्दै यसलाई तत्काल रोक्न अनुगमन बढाउनुपर्ने माग राख्नुभयो ।

सांसद शिशिर खनालले काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत ठमेलबाट गोल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको वर्षौं भइसक्दा पनि सडकको बीचमा बिजुलीको पोल नहटाइँदा दुर्घटनाको जोखिम रहेको बताउनुभयो । उहाँले सडक साँघुरो भई यातायात आवगमनमा बाधा भइरहेको बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले पूर्वजनप्रतिनिधिको उपचारमा राज्य अनुदार बन्दै गएको आरोप लगाउनुभयो । उहाँले काभ्रेबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती सिकिस्त बिरामी भई उपचाररत रहेकाले उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा जब्दी पुल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु राम्रो पक्ष भए पनि निर्माण छिटो गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुसालले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा चुनौतीपूर्ण बन्दै गएको त्यसमाथि युवाहरु झन् यसको कुलतमा फसिरहेकाले सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने, खुला वितरणमा रोक लगाउनुपर्ने तथा बिस्तारै यसलाई ‘फेजआउट’ गर्दै लानुपर्ने बताउनुभयो ।

सभामुख देवराज घिमिरेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निमयावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने’ सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ