३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह

७ जेष्ठ २०८२, मंगलवार १२:२७

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरु राख्नुभएको छ ।

बैठकको शून्य समयमा सांसद वीना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “मर्यादापालकहरु सुरक्षामा खटिनुहुन्छ । उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् । ”

यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो । तर हालसम्म पहिलो किस्तामात्र विनियोजन गरिएको छ । बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ ।”

सांसद विना जैसवालले बैङ्क तथा वित्तीय संस्थाहरुले निकै कम मूल्याङ्कनमा ऋणीको धितो लिलाम गर्ने गरेको विषय उठाउनुभयो । त्यस्तै, कर्जा लिँदा विभिन्न खालका झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नियामक नेपाल राष्ट्र बैङ्कले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैङ्क तथा वित्तीय संस्थाको एटिएम सेवा चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने माग पनि उहाँले गर्नुभयो ।

सांसद शान्ति श्रेष्ठले आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा गरिबी हटाउन आशालाग्दो कार्यक्रम ल्याइएको भन्दै यसलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक जिल्लामा आवासीय विद्यालय निर्माण गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद शिव नेपालीले लामो दूरीका एसी, डिलक्स सवारी तथा हवाईजहाजजस्ता साधनमा अत्यधिक भाडा असुल्ने तर सोही अनुसार गुणस्तरको सेवा नदिने गुनासो सर्वसाधारणको रहेको भन्दै यसलाई तत्काल रोक्न अनुगमन बढाउनुपर्ने माग राख्नुभयो ।

सांसद शिशिर खनालले काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत ठमेलबाट गोल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको वर्षौं भइसक्दा पनि सडकको बीचमा बिजुलीको पोल नहटाइँदा दुर्घटनाको जोखिम रहेको बताउनुभयो । उहाँले सडक साँघुरो भई यातायात आवगमनमा बाधा भइरहेको बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले पूर्वजनप्रतिनिधिको उपचारमा राज्य अनुदार बन्दै गएको आरोप लगाउनुभयो । उहाँले काभ्रेबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती सिकिस्त बिरामी भई उपचाररत रहेकाले उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा जब्दी पुल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु राम्रो पक्ष भए पनि निर्माण छिटो गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुसालले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा चुनौतीपूर्ण बन्दै गएको त्यसमाथि युवाहरु झन् यसको कुलतमा फसिरहेकाले सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने, खुला वितरणमा रोक लगाउनुपर्ने तथा बिस्तारै यसलाई ‘फेजआउट’ गर्दै लानुपर्ने बताउनुभयो ।

सभामुख देवराज घिमिरेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निमयावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने’ सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’