२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकासशील राष्ट्रमा गरिबी अन्त्य चुनौतिपूर्ण’

२०८२, ७ जेष्ठ मंगलवार १७:१८

काठमाडौँ | राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रमा दिगो रूपमा गरिबी अन्त्य गर्न चुनौतीपूर्ण बनेको धारणा राख्नुभएको छ ।

चीनको सियान सहरमा भइरहेको गरिबी न्यूनीकरण र दिगो विकाससम्बन्धी साङ्घाई सहयोग सङ्गठनमा आज सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभएको संसद सचिवालयले जनाएको छ ।

“विश्वका एक अर्बभन्दा बढी मानिस चरम गरिबीको रेखामुनि छन्, विशेषतः विकासशील र अविकसित राष्ट्रमा शिक्षा, स्वास्थ्य, रोजगारी खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको छ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रबर्द्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रूपमा साङ्घाई सहयोग सङ्गठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहाँले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पु¥याएको योगदान, लिएको पहलकदमी र प्रवर्द्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्याङ्कन गरेको पनि दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला