३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकासशील राष्ट्रमा गरिबी अन्त्य चुनौतिपूर्ण’

७ जेष्ठ २०८२, मंगलवार १७:१८

काठमाडौँ | राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रमा दिगो रूपमा गरिबी अन्त्य गर्न चुनौतीपूर्ण बनेको धारणा राख्नुभएको छ ।

चीनको सियान सहरमा भइरहेको गरिबी न्यूनीकरण र दिगो विकाससम्बन्धी साङ्घाई सहयोग सङ्गठनमा आज सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभएको संसद सचिवालयले जनाएको छ ।

“विश्वका एक अर्बभन्दा बढी मानिस चरम गरिबीको रेखामुनि छन्, विशेषतः विकासशील र अविकसित राष्ट्रमा शिक्षा, स्वास्थ्य, रोजगारी खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको छ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रबर्द्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रूपमा साङ्घाई सहयोग सङ्गठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहाँले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पु¥याएको योगदान, लिएको पहलकदमी र प्रवर्द्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्याङ्कन गरेको पनि दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’