२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ

२०८२, ७ जेष्ठ मंगलवार १७:३४

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री गुरुङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिला भइरहेको बताउनुभयो । “संवैधानिक परिषद्को बैठक नियमति हुन नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ हुने गरेको छ । परिषद् बैठक नियमित बस्ने वातावरण बनाउन जरूरी छ । कुनै पनि कारणले परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुदैन”,उहाँले भन्नुभयो ।”

मन्त्री गुरुङले परिषद्ले सकेसम्म सर्वसम्मत सिफारिस गर्ने वातावरण बनाउनुपर्ने, प्रमुख प्रतिपक्ष नियमित बैठकमा आउने र राज्यका काम कारबाहीलाई चुस्तदुरुस्त राख्न सबैले एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त विधेयकमाथिको छलफलमा माग लिँदै सदस्यहरू भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी मदनकुमारी शाह गरिमा, घनश्याम रिजाल, भगवती न्यौपाने, रेणु चन्द, शुरेसकुमार आलेमगरलगायतले संविधानको मर्म र भावनाअनुसार नै विधेयक संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले परिषद् ऐन संशोधनका लागि आज सैद्धान्तिक छलफल भएको र आगामी बैठकमा विस्तृत रूपमा दफावार छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला