२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने

२०८२, ८ जेष्ठ बुधबार १४:३०

काठमाडौँ | यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने जनाएको हो ।

जेठ १८ गतेदेखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ । विभागका अनुसार यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । यस्तै अधिकतम तापक्रम र न्यूनतम ताक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।

अनुमान सार्वजनिक गर्दै विभागकी प्रवक्ता एवम् वरिष्ठ मोसमविद् विभूति पोख्रेलले प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भई माटोको चिस्यान बढेकाले मनसुनको शुरुआतमा हुने वर्षाले पनि क्षति पुर्‍याउन सक्ने बताउनुभयो । वर्षा राम्रो हुँदा बालीनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने भएकाले सावधानी अपाउनुपर्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला