३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

८ जेष्ठ २०८२, बुधबार १४:३५

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई रु एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक रु सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत लत्रिएका तारको व्यवस्थापन गरी भूमिगत तार लगाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले नेपाली कांग्रेस र कम्युनिस्ट सरकारको नेतृत्वमा बनेको सरकारका पालामा नीजिकरण गरेका उद्योगबाट कति रोजगारी सिर्जना भए भन्ने विषयमा सदनलाई यथार्थ विवरण गराउन माग गर्नुभयो ।

सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण र ठूला उद्योग सञ्चालन नहुँदा रोजगारीको अभावमा वैदेशिक रोजगारमा धेरै जाने गरेको हुनाले स्वदेशमै सीपमूलक तालिम र रोजगारीका लागि उद्योगधन्दा सञ्चालन गर्न माग गर्नुभयो ।

सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख जाने बाटोमा अत्यधिक दुर्घटना हुनेगरेकाले त्यसको रोकथामा लागि आवश्यक पहलकदमी गरिदिन सरकारसँग अनुरोध गर्नुभयो ।

सदस्य नारायणदत्त मिश्रले देशभर रासायनिक मलको हाहाकार भएको र सीमापारीबाट लुकीछिपी एक÷दुई बोरा मल ल्याउदा प्रहरीले दुःख दिनेगरेको उल्लेख गर्दै कृषि उत्पादन बढाउने उद्देश्यका साथ साइकलमा राखी मल ल्याउनेलाई नसमात्न र ट्रकमा ल्याउनेलाई नियमानुसार पक्रन आग्रह गर्नुभयो ।

सदस्य भूवनबहादुर सुनारले किसानले रासायनिकन मल नपाएको कारण कृषि उत्पादनमा समस्या देखिएकाले जतिसक्दो चाँडो मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य मोहमद खालिदले सुर्तीजन्य पद्धार्थको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले लगाइएको कर ३४ प्रतिशत मात्र रहेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सूर्तीजन्य पद्धार्थको कर वृद्धि गर्न सुझाव दिनुभयो ।

सदस्य राजेन्द्रलक्ष्मी गैरेले चट्याङ्को घटनाबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको र त्यस्ता घटनालाई न्यूनीकरण गराउन सरकारसँग माग गर्नुभयो ।

सदस्य सुरेशकुमार आले मगरले देशमा समृद्धि ल्याउन आवश्यक उद्योगधन्दामत्री नियम,कानुन, नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’