२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, ८ जेष्ठ बुधबार १४:३५

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई रु एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक रु सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत लत्रिएका तारको व्यवस्थापन गरी भूमिगत तार लगाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले नेपाली कांग्रेस र कम्युनिस्ट सरकारको नेतृत्वमा बनेको सरकारका पालामा नीजिकरण गरेका उद्योगबाट कति रोजगारी सिर्जना भए भन्ने विषयमा सदनलाई यथार्थ विवरण गराउन माग गर्नुभयो ।

सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण र ठूला उद्योग सञ्चालन नहुँदा रोजगारीको अभावमा वैदेशिक रोजगारमा धेरै जाने गरेको हुनाले स्वदेशमै सीपमूलक तालिम र रोजगारीका लागि उद्योगधन्दा सञ्चालन गर्न माग गर्नुभयो ।

सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख जाने बाटोमा अत्यधिक दुर्घटना हुनेगरेकाले त्यसको रोकथामा लागि आवश्यक पहलकदमी गरिदिन सरकारसँग अनुरोध गर्नुभयो ।

सदस्य नारायणदत्त मिश्रले देशभर रासायनिक मलको हाहाकार भएको र सीमापारीबाट लुकीछिपी एक÷दुई बोरा मल ल्याउदा प्रहरीले दुःख दिनेगरेको उल्लेख गर्दै कृषि उत्पादन बढाउने उद्देश्यका साथ साइकलमा राखी मल ल्याउनेलाई नसमात्न र ट्रकमा ल्याउनेलाई नियमानुसार पक्रन आग्रह गर्नुभयो ।

सदस्य भूवनबहादुर सुनारले किसानले रासायनिकन मल नपाएको कारण कृषि उत्पादनमा समस्या देखिएकाले जतिसक्दो चाँडो मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य मोहमद खालिदले सुर्तीजन्य पद्धार्थको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले लगाइएको कर ३४ प्रतिशत मात्र रहेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सूर्तीजन्य पद्धार्थको कर वृद्धि गर्न सुझाव दिनुभयो ।

सदस्य राजेन्द्रलक्ष्मी गैरेले चट्याङ्को घटनाबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको र त्यस्ता घटनालाई न्यूनीकरण गराउन सरकारसँग माग गर्नुभयो ।

सदस्य सुरेशकुमार आले मगरले देशमा समृद्धि ल्याउन आवश्यक उद्योगधन्दामत्री नियम,कानुन, नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला