४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिए

९ जेष्ठ २०८२, बिहीबार १४:३६

काठमाडौँ | सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् ।उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए ।

‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएर गरेका हैनौं । त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।’तर, संविधानका विरुद्धमा सधैं यस्ता क्रियाकलाप भइरहने हो भने सरकारले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ थियो ।

‘सधैं संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैं टुलुटुलु हेरेर बस्दैन । तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ,’ उनले भने । संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट भएपनि अहिले त्यो नगरेको उनले बताए । ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौं । त्यो गर्ने छुट पनि छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ