२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू

२०८२, ९ जेष्ठ बिहीबार १७:१०

काठमाडौँ | विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला-२०२५’ आजदेखि सुरू भएको छ । डिल्लीबजारमा तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् ।

कार्यशालामा दिगो भविष्यका लागि हरित उद्यमको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसिया क्षेत्रीय युवा कार्यशालाको आयोजना गरिएको कार्यक्रम उपसंयोजक छिरिङ डोल्मा लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यशालाले युवालाई अन्तरराष्ट्रिय नागरिक समाज र सरकारी प्रतिनिधिलाई आफ्ना माग व्यक्त गर्न, दक्षिण एसियामा युवा सञ्जाललाई प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ । यस कार्यशालाले हरित उद्यमको अवस्थाबारे जानकारी आदानप्रदान गर्नेछ ।”

उपसंयोजक लामाले ‘हरित उद्यम र युवा सशक्तिकरणः राम्रो भविष्यका लागि एक पहल’को नारासहित कार्यशालाको आयोजना गरिएको बताउनुभयो । उहाँले जलवायु उत्थानशीलता, युवा सीप विकास र नीति पैरवीसम्बन्धी छलफलका साथै विविध विषयमा प्रस्तुतीकरण, अन्तरक्रियात्मक सत्र र नीति निर्माता तथा विज्ञहरूसँग छलफल गरिने जानकारी दिनुभयो ।

“हामीले अन्तिम दिन घोषणापत्र पनि सार्वजनिक गर्ने छौँ, जसलाई सम्बन्धित देशका युवाले सरोकार भएका मन्त्रालय वा हरित उद्यमसम्बन्धी काम गरिरहेका सरकारी निकायमा बुझाउनु हुनेछ । यसले हामीलाई अन्य राष्ट्रमा भइरहेका गतिविधि र कार्यका बारेमा जानकारी गराउने छ । यसबाट हामीले युवालाई हरित उद्यमको चुनौती, हरित उद्यममा कृतिम बौद्धिक (एआई) को प्रयोग, जलवायु परिवर्तन र यसका असरलगायत विविध विषयमा जानकारी दिनेछौँ”, उपसंयोजक लामाले भन्नुभयो ।

उक्त कार्यशालामा नेपालबाट १२, भारतबाट आठ, पाकिस्तानबाट चार र ताजकिस्तानबाट दुई जना युवा सहभागी हुनुहुन्छ । बालबालिका तथा महिला सामाजिक सेवा र मानव अधिकार (सिविश) र टेरे डेस होम्स (टिडिएच) जर्मनीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठी शनिबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला