३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घट्नाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउने तयारी

१० जेष्ठ २०८२, शुक्रबार १३:५१

काठमाडौँ | राजावादी समूहले काठमाडौँको तीनकुनेमा गत चैत १५ गते गरेको प्रदर्शन तथा जुलसमा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरेको छ । प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार घटनाको अनुसन्धान करिब सकिएको र अन्तिम रूप दिने तयारी भइरहेको छ । प्रहरीले शुक्रबार साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ ।

घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी भइरहेको एसपी बोहराले बताए । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए। जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’