२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक समृद्धिको आधार पर्यटनः पर्यटनमन्त्री पाण्डे

२०८२, १२ जेष्ठ आईतवार १५:४०

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गणतन्त्र दिवस-२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।”

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याउनुभयो । उहाँले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राससले महत्त्वपूर्ण विषयमा फोटो प्रदर्शनी गरेको छ । प्रदर्शित फोटोले पनि राज्यले केही गर्नुपर्छ भनेर घच्घच्याएको छ । मन्त्रालयले यसलाई ब्राण्डिङ गर्नुपर्ने आवश्यकता छ ।”

मन्त्री पाण्डेले राससले समाचार सेवासहित तस्बिर प्रदर्शनी गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो पटकको फोटो प्रदर्शनीले सरोकार भएका मन्त्रालय र निकायलाई सचेत गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राससले जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जिम्मेवारी र गुणस्तर अभिवृद्धिमा काम गरेको पछिल्ला क्रियाकलापले पुष्टि गरेको छ, आगामी दिनमा थप प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । फोटो प्रदर्शनीको सफलताको कामना व्यक्त गर्दछु ।”

यसअघि पर्यटनमन्त्री पाण्डेले फोटोे प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । नेपालका आठ हजार मिटर अग्ला र त्यो भन्दा होचा, चर्चामा रहेका हिमाल, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्चपदस्थ व्यक्ति, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्वतीय गन्तव्य, ताल, पोखरीलगायत विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखिएका छन् ।

राससका समाचारदाताहरूले खिचेका र राससको बुलेटिनमा प्रकाशित भएका करिब एक सय वटा तस्बिरबाट नेपालको पर्वतीय पर्यटनलाई चिनाउने प्रयास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ