३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ

१२ जेष्ठ २०८२, आईतवार १७:००

काठमाडौँ | प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सिन्धुली गोलञ्जोर गाउँपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँ टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २५ वर्षीय विजय आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कामाडौँको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले बल्खुस्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषधको कारोबारमा संलग्न भएका पत्ता लागेपछि निजहरूलाई पक्राउ गरिएको हो ।”

प्रहरीले पक्राउ परेकाहरूका साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद रु १९ हजार ५०० र विभिन्न कम्पनीका छवटा मोबाइल बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति