३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतीय सम्पदालाई जनजनमा पुर्याइनुपर्छः कार्यकारी अध्यक्ष झा

१२ जेष्ठ २०८२, आईतवार १७:१६

काठमाडौँ | राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालको पर्वतीय सम्पदाको महत्वलाई नेपाली जनजनमा पु¥याइनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष झाले देवभूमिसमेत रहेको हिमालयको संरक्षण र प्रवर्द्धनसँगै यसको महत्वलाई हरेक नेपालीको घरघरमा पुर्याइनुपर्ने बताउनुभयो । उहाँले नेपालको अमूल्य निधि र सम्पदाको रुपमा रहेका राससद्वारा प्रदर्शित तस्बिरलाई राष्ट्रिय र अन्तरराष्ट्रिकरण गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको अमूल्य निधिका रुपमा रहेका हाम्रा हिमालका बारेमा आमनेपालीलाई जानकारी गराउनुपर्दछ । प्रत्येक नेपालीले गौरव गर्न सक्ने वातावरण तयार गर्न सरकारको ध्यान जानुपर्दछ । मधेस, पहाड र हिमालका सबै नेपालीले हाम्रा हिमालका बारेमा स्पष्ट जानकारी पाउनुपर्दछ, त्यस्तो वातावरण सृजना भए मात्र गणतन्त्रको सार्थकता झल्कने छ ।”

अध्यक्ष झाले “हाम्रा हिमाल, पर्वत जीवन हुन् । राष्ट्रका निधि हुन् । हामीले यिनको संरक्षण कति गर्न सक्छौँ, हाम्रो दीर्घायु र समृद्धि त्यसैमा भरपर्छ”, उहाँले भन्नुभयो, “आध्यात्मिक साहित्यले पर्वतलाई महत्त्वपूर्ण सम्पदाको रुपमा चित्रण गरेको छ । देवताहरुको बास भएको सुन्दर र अनुपम भूमिसँग जोडिएका पर्वतीय सम्पदा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न जरुरी छ ।”

उहाँले फोटो प्रदर्शनीमार्फत राससले गरेको सृजनात्मक पहललाई सरकारले सम्पत्तिको रुपमा ग्रहण गरेर यसको महत्व र गरिमाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

राससले फोटो प्रदर्शनीमार्फत सरकारले लिएको नीति र दृष्टिकोणलाई पालना गर्ने र यसको प्रभावकारिताका लागि पहलकदमी गर्दै आएको उहाँको भनाइ थियो ।

राससका महाप्रबन्धक सिद्धराज राईले हालै काठमाडौँमा सम्पन्न अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ जोडेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र जलवायु परिवर्तनको मुद्दालाई उजागर गर्न सघाउ पुर्याउन उद्देश्यले गणतन्त्र दिवसकोे सन्दर्भमा ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी गरिएको बताउनुभयो ।

उहाँले हिमाललाई ब्रान्डिङ गर्ने र वातावरणमैत्री पूर्वाधार निर्माणका पक्षमा सरोकार भएका सबैका बीच आवश्यक समन्वयसहित सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पर्वतीय पर्यटनमा आधारित तस्बिर प्रदर्शनीले जलवायु परिवर्तनको चपेटामा परेको नेपालका हिमाल र यसको संरक्षण प्रवर्द्धनमा सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

यही जेठ ३० गतेसम्म चल्ने रासस तस्बिर प्रदर्शनीमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल, चर्चामा नआएका केही महत्त्वपूर्ण हिमाल, विभिन्न हिमशृङ्खला, महत्त्वपूर्ण पर्यटकीयस्थललगायतलाई समेटेर १०० तस्बिर राखिएको छ ।

राससकर्मी रोशा बस्नेत सम्मानित

सोही समारोहमा राससको अङ्ग्रेजी शाखाका सम्पादका एवं सगरमाथा आरोही रोशा बस्नेत सम्मानित हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खादा ओडाएर सम्मान गर्नुभयो । बस्नेतले सन् २०१८ को वसन्त ऋतुमा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण दल’मा आबद्ध भई सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’