२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतीय सम्पदालाई जनजनमा पुर्याइनुपर्छः कार्यकारी अध्यक्ष झा

२०८२, १२ जेष्ठ आईतवार १७:१६

काठमाडौँ | राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालको पर्वतीय सम्पदाको महत्वलाई नेपाली जनजनमा पु¥याइनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष झाले देवभूमिसमेत रहेको हिमालयको संरक्षण र प्रवर्द्धनसँगै यसको महत्वलाई हरेक नेपालीको घरघरमा पुर्याइनुपर्ने बताउनुभयो । उहाँले नेपालको अमूल्य निधि र सम्पदाको रुपमा रहेका राससद्वारा प्रदर्शित तस्बिरलाई राष्ट्रिय र अन्तरराष्ट्रिकरण गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको अमूल्य निधिका रुपमा रहेका हाम्रा हिमालका बारेमा आमनेपालीलाई जानकारी गराउनुपर्दछ । प्रत्येक नेपालीले गौरव गर्न सक्ने वातावरण तयार गर्न सरकारको ध्यान जानुपर्दछ । मधेस, पहाड र हिमालका सबै नेपालीले हाम्रा हिमालका बारेमा स्पष्ट जानकारी पाउनुपर्दछ, त्यस्तो वातावरण सृजना भए मात्र गणतन्त्रको सार्थकता झल्कने छ ।”

अध्यक्ष झाले “हाम्रा हिमाल, पर्वत जीवन हुन् । राष्ट्रका निधि हुन् । हामीले यिनको संरक्षण कति गर्न सक्छौँ, हाम्रो दीर्घायु र समृद्धि त्यसैमा भरपर्छ”, उहाँले भन्नुभयो, “आध्यात्मिक साहित्यले पर्वतलाई महत्त्वपूर्ण सम्पदाको रुपमा चित्रण गरेको छ । देवताहरुको बास भएको सुन्दर र अनुपम भूमिसँग जोडिएका पर्वतीय सम्पदा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न जरुरी छ ।”

उहाँले फोटो प्रदर्शनीमार्फत राससले गरेको सृजनात्मक पहललाई सरकारले सम्पत्तिको रुपमा ग्रहण गरेर यसको महत्व र गरिमाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

राससले फोटो प्रदर्शनीमार्फत सरकारले लिएको नीति र दृष्टिकोणलाई पालना गर्ने र यसको प्रभावकारिताका लागि पहलकदमी गर्दै आएको उहाँको भनाइ थियो ।

राससका महाप्रबन्धक सिद्धराज राईले हालै काठमाडौँमा सम्पन्न अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ जोडेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र जलवायु परिवर्तनको मुद्दालाई उजागर गर्न सघाउ पुर्याउन उद्देश्यले गणतन्त्र दिवसकोे सन्दर्भमा ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी गरिएको बताउनुभयो ।

उहाँले हिमाललाई ब्रान्डिङ गर्ने र वातावरणमैत्री पूर्वाधार निर्माणका पक्षमा सरोकार भएका सबैका बीच आवश्यक समन्वयसहित सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पर्वतीय पर्यटनमा आधारित तस्बिर प्रदर्शनीले जलवायु परिवर्तनको चपेटामा परेको नेपालका हिमाल र यसको संरक्षण प्रवर्द्धनमा सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

यही जेठ ३० गतेसम्म चल्ने रासस तस्बिर प्रदर्शनीमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल, चर्चामा नआएका केही महत्त्वपूर्ण हिमाल, विभिन्न हिमशृङ्खला, महत्त्वपूर्ण पर्यटकीयस्थललगायतलाई समेटेर १०० तस्बिर राखिएको छ ।

राससकर्मी रोशा बस्नेत सम्मानित

सोही समारोहमा राससको अङ्ग्रेजी शाखाका सम्पादका एवं सगरमाथा आरोही रोशा बस्नेत सम्मानित हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खादा ओडाएर सम्मान गर्नुभयो । बस्नेतले सन् २०१८ को वसन्त ऋतुमा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण दल’मा आबद्ध भई सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला