३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ सय युवाहरूको सहभागितामा ‘सम्पदा यात्रा’

१२ जेष्ठ २०८२, आईतवार १८:१२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले युवाहरूलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने मुख्य उद्देश्यले ‘सम्पदा यात्रा’ सम्पन्न गरेको छ ।

शनिबार काठमाडौँ महानगर वडा नं २२ ले आठ सय युवाको सहभागितामा सम्पदा यात्रा (सम्पदा म्हसिके) सम्पन्न गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राका क्रममा वडाभित्रका ३४ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोडिने गरी मार्गको परिक्रमा गरिएको थियो । मुनेगु थाय्ः गणेश स्थान (न्युरोड)बाट सुरु भएको यात्रा दुगं वही (षडक्षरी महाविहार), दुगं बही नासः द्यः, प्युखा बहाः (अशोक चैत्य विहार), गूचाः त्वाः, सबल वहाः (मन्त्रसिद्धि महाविहार), तलेजु भवानी आगं छेँ, सवल बहाः (दशवल बिहार), लुँमढि चोक, तास्तु गणेश (चिकंअट), तःधं बहाः (धर्मचक्र महाविहार), दबू वहाः, पिन्छे बहाः (जम्बुनन्दन विहार), चिधं वहाः (जीर्ण उद्धार विहार), लुँमढि भद्रकाली द्यः छेँ (वतु), गुगुचाः गंछिं द्यः (नव दुर्गा द्यः छेँ), वतु नासः द्यः छेँ, वतु वहाः (धर्मचक्र बिहार) हुँदै अगाडि बढेको थियो ।

यस्तै, भुजिं वहाः (अशोक कीर्ति विहार), मूः बहाः (मूलश्री महाविहार), वं घः कुमारी चोक, कान्तेश्वर महादेव, पिपल बोट, कुमारी, रण मुक्तेश्वर, गणमहाबिहार (गगनसङ्गम महाविहार), ते वहाः नासः द्यः, ते बहाः (राजकीर्ति महाविहार), पाः ल्हाः द्यः (पद्मान्तक÷चन्द्र महारोषण,संकता), लुँमढि भद्रकाली द्यः छें (तेवहाः), पिगं द्यः (इन्द्रायणी)बाट लुँ हिति (सुन्धारा) र धरहरा पुगी समापन गरिएको थियो ।
धिमे, नायखिं, धाः बाजं जस्ता विभिन्न जातीय समुदायका परम्परागत वाद्यवादनसहित सम्पन्न गरिएको यात्रामा करिब आठ सय युवा सहभागी भएका थिए । उनीहरूलाई मूर्त सम्पदाको चिनारी, निर्माण शैली र विधि, यससँग धार्मिक तथा सामाजिक सम्बन्ध, अर्काे सम्पदासँगको सम्बन्धसँगै ती सम्पदासँग जोडिएका रहनसहन, जात्रा पर्व र क्रियाकलापबारे जानकारी गराइएको थियो ।

यात्राको समापन गर्दै वडाध्यक्ष महर्जनले भन्नुभयो, “पुर्खाले हामीलाई निजी घरजग्गा धनसम्पत्ति मात्र छाडेर गएका हैनन् । यस्ता थुप्रै मूर्त र अमूर्त सम्पदा जोगाउने जिम्मा पनि दिएका छन् । पुर्खाले नासोका रूपमा छाडेर गएका सम्पदाहरूको पजिान सकेको छैन । यस्ता कार्यक्रमले युवा व्यक्तित्वमा सम्पदाप्रेम विकास हुने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति