२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ सय युवाहरूको सहभागितामा ‘सम्पदा यात्रा’

२०८२, १२ जेष्ठ आईतवार १८:१२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले युवाहरूलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने मुख्य उद्देश्यले ‘सम्पदा यात्रा’ सम्पन्न गरेको छ ।

शनिबार काठमाडौँ महानगर वडा नं २२ ले आठ सय युवाको सहभागितामा सम्पदा यात्रा (सम्पदा म्हसिके) सम्पन्न गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राका क्रममा वडाभित्रका ३४ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोडिने गरी मार्गको परिक्रमा गरिएको थियो । मुनेगु थाय्ः गणेश स्थान (न्युरोड)बाट सुरु भएको यात्रा दुगं वही (षडक्षरी महाविहार), दुगं बही नासः द्यः, प्युखा बहाः (अशोक चैत्य विहार), गूचाः त्वाः, सबल वहाः (मन्त्रसिद्धि महाविहार), तलेजु भवानी आगं छेँ, सवल बहाः (दशवल बिहार), लुँमढि चोक, तास्तु गणेश (चिकंअट), तःधं बहाः (धर्मचक्र महाविहार), दबू वहाः, पिन्छे बहाः (जम्बुनन्दन विहार), चिधं वहाः (जीर्ण उद्धार विहार), लुँमढि भद्रकाली द्यः छेँ (वतु), गुगुचाः गंछिं द्यः (नव दुर्गा द्यः छेँ), वतु नासः द्यः छेँ, वतु वहाः (धर्मचक्र बिहार) हुँदै अगाडि बढेको थियो ।

यस्तै, भुजिं वहाः (अशोक कीर्ति विहार), मूः बहाः (मूलश्री महाविहार), वं घः कुमारी चोक, कान्तेश्वर महादेव, पिपल बोट, कुमारी, रण मुक्तेश्वर, गणमहाबिहार (गगनसङ्गम महाविहार), ते वहाः नासः द्यः, ते बहाः (राजकीर्ति महाविहार), पाः ल्हाः द्यः (पद्मान्तक÷चन्द्र महारोषण,संकता), लुँमढि भद्रकाली द्यः छें (तेवहाः), पिगं द्यः (इन्द्रायणी)बाट लुँ हिति (सुन्धारा) र धरहरा पुगी समापन गरिएको थियो ।
धिमे, नायखिं, धाः बाजं जस्ता विभिन्न जातीय समुदायका परम्परागत वाद्यवादनसहित सम्पन्न गरिएको यात्रामा करिब आठ सय युवा सहभागी भएका थिए । उनीहरूलाई मूर्त सम्पदाको चिनारी, निर्माण शैली र विधि, यससँग धार्मिक तथा सामाजिक सम्बन्ध, अर्काे सम्पदासँगको सम्बन्धसँगै ती सम्पदासँग जोडिएका रहनसहन, जात्रा पर्व र क्रियाकलापबारे जानकारी गराइएको थियो ।

यात्राको समापन गर्दै वडाध्यक्ष महर्जनले भन्नुभयो, “पुर्खाले हामीलाई निजी घरजग्गा धनसम्पत्ति मात्र छाडेर गएका हैनन् । यस्ता थुप्रै मूर्त र अमूर्त सम्पदा जोगाउने जिम्मा पनि दिएका छन् । पुर्खाले नासोका रूपमा छाडेर गएका सम्पदाहरूको पजिान सकेको छैन । यस्ता कार्यक्रमले युवा व्यक्तित्वमा सम्पदाप्रेम विकास हुने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला