३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा विश्वको गौरव हो’

१६ जेष्ठ २०८२, बिहीबार ११:१३

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उहाँले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गरायौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने संवाद उपयोगी रह्यो ।”

सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा प्रभातफेरी आयोजना गरिएको थियो । त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधरण सहभागी थिए ।

त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

सन् १९५३ मे २९ मा नेपाली शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष यो दिन अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड